आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

सेवा विस्तार गर्दै साझा यातायात

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ १८ गते, बिहीबार ०७:५५

काठमाडौँ-साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ । उपत्यकाभित्र चल्ने र बाहिरका लागि समेत गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो ।उपत्यका भित्रन लागेको नयाँ बसमध्ये एउटा अपाङ्गतामैत्री होचो बससमेत रहेको छ । अपाङ्तामैत्री बस र डिलक्स बस भित्रने क्रममा रहेको छ भने सिटी बसको टेण्डर प्रक्रिया सकिएको छ ।डिलक्स बस उपत्यकाबाहिर चल्नेछ भने सिटी बसलाई माग भएका र आवश्यकता बढी भएका ठाउँमा चलाइने उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “बस उपत्यका आएपछि प्राविधिक जाँच गरेर यातायात व्यवस्था कार्यालयमा दर्ता हुन्छ र त्यसपछि नै रुट कता लिने भन्ने हुन्छ ।”काठमाडौँ उपत्यकाबाहिर अहिले साझाका दुईवटा बस काठमाडौँ–बाग्लुङ रुटमा गुडिरहेका छन् । डिलक्स बस यही रुटमा थप्ने वा अन्य जिल्लामा भन्ने निर्णय भइसकेको छैन । काठमाडौँ उपत्यकामा चल्ने सिटी बसका लागि भने धेरै ठाउँबाट माग भएको छ ।नयाँ बनेका नगरपालिकाले समेत साझाको शेयर खरिद गर्न र आफ्नो ठाउँमा साझा बसको सेवाका लागि इच्छुक देखिएका छन् ।

उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यका र उपत्यकाबाहिर दुबैतिर साझाको माग रहेको छ ।”काठमाडौँ उपत्यकामा ४४ र उपत्यकाबाहिर दुईवटा गरेर अहिले साझाका ४६ वटा बस सञ्चालनमा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु