• समाज सहयोगी मनहरुद्वारा अनाथलाई लत्ताकपडा बितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ माघ २०७४, बिहीबार ११:१३

    बुटवल-समाजिक सञ्जाल फेसबुक ग्रुप समाज सहयोगी मनहरुले आफ्नो पहिलो कार्यक्रम स्वरुप अनाथहरुको लागी लत्ताकपडा बितरण गरेको छ । समाजिक सञ्जालको रुपमा रहेको ग्रुपले रुपन्देहीको सैनामैनामा रहेको अभियान नेपाल बाल गृहमा सहयोग एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो । बिहिबार बालगृह परिषरमा कार्यक्रम गरि सहयोग हस्तान्तरण गरेको हो ।११ जना अनाथहरु रहेको बालगृहमा समाज सहयोगी मनहरुले सहयोग गरेको हो ।

    हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका संसथापक एडमिन अर्जुन मरासिनीले बोल्दै पहिलो कार्यक्रम स्वरुप बालगृहमा सहयोग गर्न पाएकोमा खुसि ब्यक्त गरे । उनले यो ग्रुप गैर नाफामुखि संस्था भएको बताउँदै आगामि दिनमा समेत यस्ता कार्यक्रम हरु जारी राख्ने बताए ।कार्यक्रममा संस्थाकी संरक्षक मन शाहिले बोल्दै आफुहरुको संस्थाको आवश्यकता बुझेर सहयोग गरेकोमा खुसि प्रकट गर्दै आगामी दिनमा पनि सहकार्य र आगामि दिनको लागी शुझेच्छा प्रकट गरेकी थिईन् ।

    कार्यक्रममा संस्थाका संस्थापक तथा एडमिन रुद्र खनाल, सल्लाहकार राम प्रसाद मरासिनी, मोडिएटर जिवन थापा लगायतले बोल्दै यस कार्यक्रम पश्चात दर्ता संगै आगामि दिनमा पनि सहयोग गर्दै जाने बताए ।समाज सहयोगी मनहरु को संथापक एडमिन आचार्य प्रदीपले सञ्चालन गरेको कार्यक्रममा बालगृहमा रहेका बालबालीकाको लागी आवश्यक लत्ताकपडा तथा जिन्सी सहयोग समेत गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु