दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बुटवलमा करिव ६ करोडको लागतमा अख्तियार भवन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ १८ गते, बिहीबार १७:२१

बुटवल । पाँच नम्बर प्रदेश स्तरीय अख्तियार दुरुपयोग अनुसंन्धान कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।  ५ करोड ५९ लाख ३७ हजार ६ सय ९३ रुपियाँ लागतमा निर्माण भएको भवनको विहिवार बुटवलमा आयोग प्रमुख आयुक्त दीप बस्न्यातले उद्घाटन गरे। बिहिवार भवन उद्घाटन गर्दे प्रमुख आयुक्त बस्न्यातले देश प्रादेशिक संरचनामा गएपछि सबै सात प्रदेशमा सरकार गठन हुने भएकाले यस क्षेत्रमा बढी पारदर्शिता आवश्यक रहेको बताए ।

मुलुक संघिय संरचनामा गएकोले आयोगका मुलुक भरी रहेका १० वटा कार्यालयलाई पनि समायोजन गरि प्रदेशकै शैलीमा सात वटा बनाईने बताउँदै उनले  आयोग आफैंले धेरै क्षेत्रका कामलाई थप पारदर्शी गराउँदै लगेको र एकल प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण संभव नभएकाले सामुहिक भावनाको विकास जरुरी रहेको बताए ।प्रमुख आयुक्त बस्न्यातले अब राष्ट्रसेवक कर्मचारी तथा अख्तियार चनाखो हुनुपर्ने बेला आएको छ भन्दै स्थानिय, प्रदेश र केन्द्रिय गरि ३ तहका सरकार भएकाले आयोगले शुसासनलाई बढी ध्यान दिन जरुरी रहेको बताए ।

प्रदेश ५ का प्रमुख सचिव शंकर पाठकले पारदर्शी शासन व्यवस्थाका लागि सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा बताए । अख्तियार दुरुपयोग अनुसंन्धान कार्यालय पोखराका प्रमुख यदु प्रसाद पन्थी र बुटवल कार्यालयका प्रमुख विमल बस्नेतले दुई वर्ष साढे नौ महिनामा भवन तयार भएको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु