तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

प्रचण्डले किन भेटे स्वराजलाई एक्लै सोल्टी होटलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ १९, शुक्रबार ०५:२७

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई भेट्न एक्लै सोल्टी होटल पुगेका हुन् ।दाहालको सचिवालयका अनुसार उनीहरुबीच साढे ९ बजे भेटघाटको समय तय भएको थियो ।दुई दिने नेपाल भ्रमणमा आएकी स्वराज सोल्टी होटलमै बसेकी छन् । हिजो सोही होटलमा स्वराजले एमाले नेताहरूसँग सामुहिक रात्रीभोज गरेकी थिइन्। रात्रीभोजपछि मधेसवादी दलका नेतालाई सामुहिक रूपमा भेटेकी थिइन् ।

स्वराजलाई भेट्न प्रचण्ड भने माओवादीका अन्य नेताहरुलाई नलिई एक्लै सोल्टी होटल पुगेका हुन् । एमाले नेताहरुसँगको सामुहिक भेट र छलफलअघि अध्यक्ष ओलीले पनि स्वराजसँग वान टु वान वार्ता गरेका थिए ।स्वराजले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्दैछन् । उनी आजै भारत फर्कने कार्यक्रम छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु