मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

यस्ताे छ दिनभरकाे कार्यक्रम तालिका,भारतीय विदेशमन्त्री स्वराज भेटघाटमा व्यस्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ १९ गते, शुक्रबार ०५:३४

काठमाडौं – दुई दिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री शुष्मा स्वराज आज पनि राजनीतिक र औपचारिक भेटवार्तामा व्यस्त हुँदैछिन् । उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम रहेकोछ ।स्वराज र राष्ट्रपति भण्डारीका बीचमा दिउँसो १२ बजे शितल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । साढे १२ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसअघि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने छिन् ।उनीहरु बीच विहान ९ बजे सोल्टी होटलमा भेटवार्ता हुँदै छ । बिहीबार नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री स्वराजले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेकी छन् ।वाम गठबन्धनले नयाँ सरकार गठनको गृहकार्य गरिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिनिधिका रुपमा उनी नेपाल आएकी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु