रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

कस्तो अचम्म, माघमा पनि रोपाइँ !

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ १९, शुक्रबार ०५:५७

मोरङ-माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ ।मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर महिला एकाबिहानैदेखि खेतमा धान रोप्न ब्यस्त छन् । सो क्षेत्रमा रहेको सयौँ बिगाहा खेतमा अहिले कृषक धान रोपाइँमा ब्यस्त भएका हुन् ।रंगेलीका ६५ वर्षीय नारायणप्रसाद केवरतले विगत ३५ वर्षदेखि १० बिगाहा खेत अधिँयामा लिएर धान खेती गर्दै आउनुभएको छ ।

केवरतका अनुसार १० बिगाहा खेतमा दुई बाली धान मात्रै लगाउने गरेको र अरु समयमा खेत बाँझै छाड्ने गरिएको छ ।उक्त खेतमा उहाँले घुटराज धान रोपिरहनुभएको छ उक्त रोपेको धान वैशाख अन्तिममा काट्ने गरेको र जेठ महिनामा पुनः अर्को धान रोप्ने गरेको उहाँको भनाइ छ । अहिले खेती गर्न धेरै मेहनत गर्नुपर्ने र खर्चसमेत बढीनै गर्नुपर्ने भएको उहाँको भनाइ छ । सो खेतमा ६० मनदेखि ८० मनसम्म धान उत्पादन हुने गरेको छ ।

अहिले वैदेशिक रोजगारीले गर्दा खेतबारीमा काम गर्ने मजदूरसमेत नपाउने गरेको र मजदूर नहँुदा खेतीपाती गर्न समस्यासमेत परेको केवरत बताउनुहुन्छ । धान रोपिसकेपछि सो धानमा हाल्ने औषधि र मल नेपाल सरकारले समयमै उपलब्ध नगराउँदा कृषकले चर्काे मूल्यमा किन्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ ।सिँचाइका लागि मोटर लगाएर पानी हाल्नुपर्ने हुनाले विद्युत् आपूर्तिको समेत अभाव हुनाले खेती गर्न समस्या रहेको उहाँले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु