स्वराजको भ्रमणले नयाँ पर्दा खोलिदियो :कर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ १९ गते, शुक्रबार ११:५०

काठमाडौं- राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ कडीमा पुर्याएको विश्वास दिलाए । उनले भने,‘सुष्माजी आउनुभयो, आज जाँदैहुनुुहन्छ, यसलेपनि नेपाल–भारत सम्बन्धको कडीको काम गर्छ, दुई देशको सम्बन्ध प्रगाढ बनाउँछ।’शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कर्णले नेपाल–भारत सम्बन्ध कुनै सरकारले बनाएको सम्बन्ध नभएको उल्लेख गर्दै भने,‘ यो त नेपाल र भारतका जनताले कायम गरेको सम्बन्ध हो, हामीवीच धार्मिक, समाजिक, साँस्कृतिक र रोटीबेटीको सम्बन्ध छ, सयकडौं चेलीवेटीको विवाह भएको छ, प्रगाढ सम्बन्ध कायम गर्नुपर्छ, तर कहिलेकाहीँ चिसोपना आएको देखिएको छ, खुल्ला बोर्डर भएकोले होला, तर हामीवीचको सुमधुर सम्बन्धलाई कायम राख्नुपर्छ, चीनसँग पनि हामीले उतिकै राम्रो सम्बन्ध बनाउनुपर्छ, भारतसँग विशेषसँग कायम गर्नुपर्छ ।’

यो वीचमा द्धिपक्षीय सम्बन्धमा केही चिसोपना देखिएको प्रसँग उल्लेख गर्दै उनले भने,‘तर त्यो सम्बन्ध अहिलेको जनमतलाई हेर्दा अब वाम गठबन्धनको सरकार बन्दैछ, उहाँ सुष्माजीको यात्राको मुल उद्दश्ेय वाम ठबन्धनसँगपनि प्रगाढ सम्बन्ध बनाउने नै हो।’ उनले विदेशमन्त्री स्वराजको नेपालका सबै नेताहरुसँग भेटघाट भएको बताए ।उनले अघि थपे,‘अरु पार्टीका नेताहरुसँगजस्तै हाम्रो पार्टीका अध्यक्षहरुसँग पनि भेटघाट भएको हो, हामीपनि चौथो र पाँचौ नम्बरका मधेशवादी पार्टीहरु छन् ।

यही कारणले हाम्रो अध्यक्षहरुसँग भेटघाट भयो, यो स्वभाविक हो । त्यो भेटघाटमा खासगरी म त्यहाँ उपस्थिति नभएपनि मैले सुनेअनुसार सम्बन्ध अगाडि बढाउनुपर्छ भन्नेबारे कुराकानी भयो।’स्वराजको भ्रमणले निश्चित रुपमा एउटा पर्दा खोलिदिएको कर्णको दाबी थियो । उनले भने,‘ आउने सरकार र भारत सरकारवीच यो सम्बन्ध कायम रहन्छ, यो सम्बन्ध र सहयोगलाई, भारतको नेपालको विकासमा धेरै सहयोग छ, नेपालको शिक्षा, स्वस्थ्यमा धेरै सहयोग छ, अझ कायम राख्छुपर्छ, बढाउनुपर्छ, नेताहरुसँगको भेटवार्ताले अझ मजबुद बनाउन मद्दत पुगेको छ।’उनले अहिले आफूहरु ओली नेतृत्वको सरकारमा जाने भनेर भएको बहसप्रति टिप्पणी गर्दै भने,‘सुष्माजी आएपछी हामी सरकारमा जान्छौं भन्ने अनुमान विल्कुल गलत हो, सुष्माजी आएपनि वा नआएपनि हाम्रो एकमात्रै जुन विषयलाई लिएर विगतमा हामी ६/६ महिना आन्दोलन गर्यौं, जुन आन्दोलनलाई मधेशी, थारु, जनजातिले पत्याए, जसको प्रतफलबाट आज हामी राष्ट्रिय पार्टी बन्यौं।’

कर्णले संविधान संशोधन गर्नुपर्ने धारणा राख्दै भने,‘यो निर्वाचनलाई पनि हामीले आन्दोलनको रुपमा अघि बढाएका थियौंं, जबसम्म हाम्रो संविधान संशोधन हुँदैन, के–के विषयमा हुन्छ ? अधिकार खोसिएका छन्, ती विषयमा कुरा गरेर, चाहे जुनसुकै सरकार होस् ।’संविधान संशोधन एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण नभएको उनको आरोप थियो । उनले भने,‘विगतको ईतिहाँस हेर्दा हुन्छ, केपी ओलीको कारणले संशोधन नभएको हो, संसदीय ईतिहाँसले यही बताउँछ, ओली संविधान संशोधन गर्न तयार हुन्छन् र त्योपनि हामीले राखेका कुरामा आधारित भएर, हामीवीचको दुरी कम हुन्छ, एमाले र मधेशवीच खाल्डो देखियो, यदि एमालेले स्विकार गर्छ भने हाम्रो दुरी घट्छ, हामी त्यसबेलामा विचार गछौं, हामी सरकारमा जान पनि सक्छौं ।’

यद्धपी उनले अहिले आफूहरुले ओलीको सरकारमा जाने कुनै मन बनाई नहालेका स्पष्ट पारे । उनले भने,‘वाम गठबन्धनले जनमत पाएको छ, सरकार बनाउने हैसियत पाएको छ, हामी प्रतिपक्षमा बसेर पनि मद्दत गछौं, सहयोग गर्छौं, अब हाम्रो आन्दोलन संसदमा सुरु हुन्छ। हामी सडक आन्दोलन छोडेर संसद आन्दोलन प्रारम्भ गर्छौ । हामीसँग सरकारले कस्तो व्यवहार गर्छ त्यो त आउने सरकारमा भरपर्छ । उसले कस्तो कदम चाल्छ त्यो हेर्न बाँकी छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु