काठमाडौं– यो वर्षको एसईई परीक्षा कन्द्रले सञ्चालन गर्ने अन्तिम परीक्षा हो । मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा आगामी वर्षदेखि माध्यामिक विद्यालय एसईई प्रदेशस्तरमा हुने शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले बताए ।आगामी वर्षदेखि सात वटै प्रदेशमा प्रदेश परीक्षा बोर्ड कार्यालयबाट एसईईको परीक्षा सञ्चालन हुनेछ । तर परीक्षा भने एकै पटक प्रकाशित हुने लम्सालले जानकारी दिए । “परीक्षा एकै समयमा हुन्छ, तर प्रश्नपत्र भने फरक हुन्छ” लम्सालले बताए ।
प्रदेशबाट एसइई परीक्षा सञ्चालनका लागि ६ नम्बरको प्रदेशमा बाहेक सबै प्रदेशमा परीक्षा बोर्ड कार्यालय स्थापना भइसकेको छ । शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डको शाखा कार्यालय खोल्ने तयारी पनि भईरहेको छ ।