स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

ज्योतिष हरिहर बने ब्रान्ड एम्बासाडर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २०, शनिबार ०६:१४

ब्रिसबेन, अस्ट्रेलिया-अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यको राजधानी ब्रिसबेनमा रहेको क्वीन्सल्यान्ड इन्टरनेसनल इन्स्टिच्युट ९क्यूआर्इआई० ले युवा ज्योतिष हरिहर अधिकारीलाई नेपालका लागि ब्रान्ड एम्बासाडर घोषणा गरेको छ ।नेपालमा क्यूआर्इआईका विभिन्न कोर्स एवं संस्थाका विभिन्न सेमिनार तथा गोष्ठीको प्रवर्धन तथा नेपाली युवा र संस्थाबीच पुलको काम गर्ने उद्देश्यका साथ ज्योतिष हरिहरलाई आगामी एक वर्षका लागि आफ्नो ब्रान्ड एम्बासाडर नियुक्त गरेको हो ।

ज्योतिष हरिहर गत पुस २५ मा यसै उद्देश्यका लागि अस्ट्रेलिया आएका थिए । यस बीचमा अस्ट्रेलियाको शिक्षा, रहनसहन र अन्तर्राष्ट्रिय विद्यार्थीको जीवनबारे अध्ययन गरे । क्वीन्सल्यान्ड राज्य र यसका प्रमुख ठाउँ घुमेर यहाँको खानपान तथा रहनसहन एवं यस शैक्षिक संस्थाको बारेमा क्रिस्टल क्लियर भएपछि मात्रै प्रस्ताव स्वीकार गरेका उनले बताए ।‘म पैसाकै लागि विषको प्रवर्धन गर्न सक्दिनँ । तर अमृतको प्रवर्धन गर्न पैसा नै चाहिन्छ भन्ने छैन,’ कार्यक्रममा उनले भने, ‘नेपाली विद्यार्थी र यस शैक्षिक संस्थाबीच एक पुलको भूमिकामा जुट्न पाउँदा म प्रसन्न छु ।’

क्यूआर्इआई र यसका सदस्यहरुसँग धेरै संवाद र गहन छलफल गरेपछि यसले प्रदान गर्ने शैक्षिक योग्यता र गुणस्तरबारे आफू छर्लङ्ग भएको उनको भनाइ छ । माघ १९ गते आफ्नै क्याम्पसमा राखेको कार्यक्रममा काउन्सिल अफ इन्टरनेसल स्टुडेन्ट्स अस्ट्रेलिया ९सिसा० का अध्यक्ष विजय सापकोटाले क्यूआर्इआईले विद्यार्थीको आवाजका लागि क्वीन्सल्यान्ड इन्टरनेसनल इन्स्टिच्युट स्टुडेन्ट एसोसिएसन सम्मान लायक भएको बताए ।

संस्थाकी प्रमुख ट्रेनर डायन एडवर्ड्स ले यस संस्थाले विद्यार्थीको रुचि, रहर, पृष्ठभूमि र आवश्यकता बुझ्ने र गुणस्तरीय शिक्षामा कहिल्यै सम्झौता नगरेको दाबी गर्दै नेपाली विद्यार्थीमाझ पुग्न ब्रान्ड एम्बासाडर हरिहर अधिकारीको भरपुर सहयोग एवं योगदान रहने विश्वास व्यक्त गरिन् ।गैर आवासीय नेपाली संघ, अस्ट्रेलियाका महासचिव नारायण कोइरालाले एनआरएनए अस्ट्रेलियाले विद्यार्थीका कुनै पनि कठिनाइमा गर्दै आइरहेको सहयोग निरन्तर गरिरहने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु