वीरगन्ज। प्रदेशिक राजधानीको मांग गर्दै आह्वान गरिएको एक दिने बन्दको कारण पर्सावासिको जनजिवन प्रभावित भएको छ ।वीरगन्ज राजधानी संर्घष समितिको आह्वानमा आइतवार वीरगन्जको बजारदेखी यातायात बन्द भएपछि जिल्ला वासिको जनजिवनप्रभावित भएको हो ।बन्दलाई सफल बनाउन आन्दोलनकारीहरु विहानै देखी वीरगन्जको घण्टाघर, माइस्थान, आदर्शनगर, छपकैया, मुर्ली, पावरहाउस, गण्डक, नगवार, इनर्वा लगायतका चोकमा विहानै देखी टायरवालि प्रदर्शन गरि रहेका छन् ।
संर्घष समितिको आह्वानमा गरिएको एक दिने बन्दलाई सफल बनाउन आन्दोलनकारीहरु विहानै देखी वीरगन्जको विभिन्न चौकमा टायरवालि सर्वजनिक तथा निजी यातायात, बजार, उद्योग वितिय संस्था, विद्यलाय बन्द भका छन् ।बन्द अवज्ञा गरेको भन्दै वीरगन्जको घण्टाघर चोक र आदर्शनगर चोकमा आन्दोलनकारीले सर्वजनिक सवारी साधानमा तोडफोड गरेका छन् । आन्दोलनकारीहरुले विहान घण्टाघर चोकमा बि. आर ०५ पि.आर ३०४० नम्बरको स्कापियो जिपमा तोलफोड गरेको प्रहरीले जनाएको छ ।
संर्घष समितिले आह्वान गरेको बन्दको कारण वीरगन्जबाट मुलुकको विभिन्न स्थानका लागि संचालन हुने लामो तथा छोटो दुरीका सर्वजनिक सवारी साधान संचालन हुन नसकेपछि वीरगन्जको बसपार्कमा यसकडौ यात्री अल्पत्र परेका छन् ।एम्बुलेन्स, बारुणन्त्र, पर्यटक सवार वाहन, संचार माध्यमका सवारी साधन, मोटरसाईक,साईकल बाहेका अन्य सबै सवारी साधान संचालनमा आन्दोलनकारीले रोक लगाएका छन भने होटल, औषधी पसललाई मात्र संचालन गर्न दिएको छ ।
बन्दको क्रममा आन्दोलनकारीबाट हुन सकिने जन धनको क्षतीलाई रोकन वीरगन्जको चोक चोरकमा उलेख्य संख्यामा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।