स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

फागुन ३० देखि चैत्र ६ गतेसम्म पशुपति महामहोत्सव हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २४, बुधबार ०७:०७

काठमाडौं- पशुपतिनाथ ग्वल पुचः समाजले आगामी फागुन ३० देखि चैत्र ६ गतेसम्म महामहोत्सव गर्ने भएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा समाजले पत्रकार सम्मेलन गरेर सनातन हिन्दु धर्मको संरक्षण र राष्ट्रियताको रक्षार्थ महामहोत्सव गर्न लागिएको जनाएको हो ।पशुपतिनाथ मन्दिरका सहायक भट्ट एवम् महामहोत्सवका संयोजक केदारमान भण्डारीले हिन्दुधर्म र राष्ट्रियता कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

उनले भने,‘हाम्रो धर्म र राष्ट्रियतामाथि प्रहार भईरहेको छ, हामीले आजका दिनमा सहेर बसेका छाँै, हामीले सरकारलाई धेरैपटक भनिसकेका छौँ, हाम्रो हिन्दुधर्म र राष्ट्रियता कमजोर हुन दिनुभएन भनेर, तर सरकारले सुरक्षाको नाममा पशुपति क्षेत्र विदेशीको अखडा बन्दैछ, अनेक प्रकारका व्यवधानहरु शुरु गरिदैछन् ।’उनले अघि थपे,‘हामी पुजारीहरु केवल पूजा गर्ने हो, व्यवस्थापन विकास कोषले गर्ने हो, पशुपतिमा सुरक्षाको नाम लिएर सरकारले राजनीति गर्दैछ, ७ सय कर्मचारीहरु छन्,राजनीतिक शक्ति केन्द्रका रुपमा पशुपतिलाई लिईँदैछ, यो धार्मिक सम्पदामाथिको हमला हो, सुरक्षाको नाममा कर्फयु लगाउने काम हुँदैछ ।’

त्यस्तै त्रिवेणीधाम एवम् योगी नरहरीनाथ कोटीहोमका गूरु वशिष्ठले आयोजित महोत्सवलाई राष्ट्रिय महोत्वकासाथ लिनको लागि सरकारलाई आग्रह गरेका छन् ।उनले भने,‘सरकारलाई मेरो आग्रह छ, फागुन ३० देखि चैत्र ६ गतेसम्म साताव्यापी चल्ने महोत्सवलाई राष्ट्रिय अर्थ महोत्वका रुपमा हेरियोस्, हाम्रो परम्परा, धर्मसंस्कृति र पर्यटकीय स्थललाई संरक्षण गर्नु हामीहरुकै कर्तव्य हो भनेर सन्देश प्रवाह गरिँदैछ यसलाई मिडियाहरुले उचित स्थान दिएर प्रचारप्रसार गर्ने काम गर्नुहोस् ।’

विश्व हिन्दु यूवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले पुशपतिनाथ मन्दिरको धार्मिक महिमा र ऐतिहाँसिकता जात्राहरुको संरक्षण र सवद्र्धनको लागि साताव्यापी महोत्सव गर्न लागिएको बताए ।उनले भने,‘हाम्रो सनातन हिन्दुधर्म र राष्ट्रियतामाथि बाहृय आक्रमण जारी छ, हाम्रो देशमा अनाधिकृत रुपमा चर्च र मस्जित खुल्दैछन्, चिनको जस्तै डोजर त लगाउदैनौं तर सरकारलाई हाम्रो आग्रह छ अनाधिकृत रुपमा स्थापना गरिएका चर्चहरुलाई निरुत्साहित गर्नुपर्छ ।’

विभिन्न साँस्कृतिक प्रतियोगिता र साँस्कृतिक प्रस्तुतिको साथ सम्पन्न हुने महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने समाजले जानकारी दियो ।करिब २ करोड लागतमा सम्पन्न हुने महोत्सवको बारेमा आयोजितक पत्रकार सम्मेलनमा माता अन्नपूर्ण र महोत्सव प्रचारप्रसार विभाग प्रमुख सचिता बुढाथोकीले महोत्सवमा उपस्थितिका लागि सबैमा आग्रह गरेकीछिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु