• कालिका मा.वि. र मानव ज्ञान मा.वि. समायोजन प्रक्रियामा, एक हुदै कालिका मानव ज्ञान मा.वि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ माघ २०७४, बुधबार ०७:४७

    रुपन्देही जिल्लाको बुटवल-१० रामनगरमा स्थापित मानव ज्ञान मा.वि हाम्रो यस कालिका मा.वि संग समायोजन  हुने प्रक्रियामा अगाडी बढिरहेको छ ।कालिका मावि को पूर्ण व्यस्थापनमा अब संचालन हुने कालिका मानव ज्ञान मा.वि मा कक्षा नर्सरी देखि कक्षा नौं सम्म आआफ्ना बालबालिका भर्ना गर्नु भइ गुणस्तरीय शिक्षा प्राप्त गर्ने सु अवसर प्राप्त गर्नुहोस ।

    प्रधानाध्यपक घनश्याम पाठकको भनाइ अनुसार २०७४ माघ २३ गते कालिका मा.वि को सभाहालमा वि. व्य. स. अध्यक्ष श्री होम बहादुर गलामीको अध्यक्षतामा सम्पन्न व्यवस्थापन समिति, समाज सेवी, बुद्धिजीवी तथा शिक्षाप्रेमिहरुको विशेष भेलाले कालिका मा.वि. संग समायोजन प्रक्रियामा गएको मानव ज्ञान मा.वि. को समेत बृहत गुरुयोजना निर्माण गर्न तपसिलको गुरुयोजना निर्माण समिति गठन गरेको छ ।

    • संयोजक श्री दिनेश थापा
    • सदस्य श्री रुद्र बहादुर हमाल
    • सदस्य श्री गोरख बहादुर रोका
    • सदस्य इ. श्री दिनेश काजी बज्राचार्य
    • सदस्य श्री खेम नारायण तिवारी
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु