दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागीता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २५, बिहीबार ०३:५४

सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागीता विश्वभरका उत्कृष्ट सेफहरुको सहभागितामा हुने विश्व सेफ सम्मेलनमा युएईबाट नेपाली युवा सरोजसिंह थापाले सहभागिता जनाउने मौका पाएका छन् ।
थापाले सहभागितासँगै ‘पेष्ट्रि जज सेमिनार’ विधामा प्रमाणपत्रसमेत पाएका छन् । अब उनले वल्र्ड एशोसिएसन अफ सेफ सोसाइटीज अन्तगर्तका विभिन्न प्रतिष्पर्धा तथा कार्यक्रमहरुमा सहभागिता जनाउन पाउने छन् । होटल तथा फुड रिलेटेड विषयका बारेमा भएको उक्त सेमिनारमा वल्र्ड एशोसिएसन अफ सेफ सोसाइटीजका अध्यक्ष थोमस गुग्लरकोसमेत सहभागिता रहेको थियो ।

सेमिनारमा होटल तथा फुड सम्वद्ध विषयको छलफल, प्रदर्शनी र तालिमका साथै सेफहरुको मुल्यांकन गरी ग्रेडिङसमेत गरिएको थियो । उक्त ग्रेडिङकै आधारमा थापाले पेष्ट्रि सेफ अन्तगर्त प्रमाणपत्रसमेत पाएका हुन । जर्मनीमा यही फेब्रुअरी ३ बाट ७ सम्म चलिरहेको उक्त सेमिनारमा ४० भन्दा बढी मुलुकका सिनियर सेफहरुको सहभागिता रहेको छ ।

हरेक २ वर्षमा सेफहरुको विश्वव्पापी संस्था वल्र्ड एशोसिएसन अफ चिप्स सोसाइटीजको आयोजनामा हुने उक्त सम्मेलनमा सहभागीता जनाउने संभवत पहिलो नेपाली थापा बनेका हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु