एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

जालसाँजी गरेर जग्गा हड्प्नेलाई कारबाही गर्न र जग्गा फिर्ता गराईदिन सरकारसँग पीडितको माँग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २५ गते, बिहीबार ११:५२

काठमाडौं-थारु कल्याणकारिणी सभा (थाकस) जिल्ला कार्य समिति चितवनले साविक भण्डारा (हाल राप्ती न.पा. ६) हर्दिगाउँ निवासी घेघरा महतो (चौधरी) का छोरा बेनी नामले चिनिने फतला महतो (चौधरी) को १ विघा एक कट्ठा १८ धुर जग्गा जालसाँजी गरेर सोही गाउँ निवास ललितादेवी धरेलको नाममा उनको छोरा बलराम धरेलले पास गरेको भन्दै उक्त जग्गा सरकारले तत्काल पीडितको नाममै फिर्ता गरिदिनुपर्ने माँग गरेको छ ।बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरिएको हो । पीडित फटला महतो (चौधरी) ले उक्त जालसाँजी र ठगी गरि आफ्नो जग्गा हड्प्न खोज्ने नीज धरेललाई तत्काल कडाभन्दा कडा कानुनी कारवाही गर्न पनि सरकारसमक्ष माँग गरेका छन् ।

थाकसद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘नीज चौधरीले १९७९ देखि हालसम्म भोगचलन र घर निर्माण गरेर बसेको उक्त जग्गालाई भण्डारा गाविसका पूर्व अध्यक्ष बालकृष्ण लोहनीको मिलेमतोमा ठगी गरि अर्को लालपूर्जा बनाई लगेको देखिएको छ, यो गलत काम मात्रै होईन, ठूलो अपराध हो, यसको हामी घोर विरोध गर्छौं।’विज्ञप्तीमा थप भनिएको छ,‘एउटै जग्गालाई अलग कित्ताकाट गरी नयाँ लालपूर्जा बनाई जालसाँजी गरिएको, उसले सो जग्गा मेरो हो भनेर दाबी गरेको, फिर्ता गर्न आग्रह र दबाब दिँदासमेत वास्ता नगरेको, सो जग्गा अरुलाई गोप्य रुपमा विक्री गर्न खोेजेको देखिएको छ ।

त्यस्तै जग्गा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारीसँग समेत पटक–पटक आग्रह गर्दा पनि प्रशासलने सुनुवाई नगरेको पिडित चौधरीको गुनासो छ ।उनले भने,‘प्रशासनले पनि कुनै सुनुवाई नगरेकोले बाध्य भएर म मिडियासमक्ष हारगुहार गर्न आएको हुँ, मलाई न्याय दिलाउन यहाँहरुले ठूलो भूमिका खेल्नुहुनेछ भन्ने मेरो विश्वास छ।’उनले उक्त जग्गा फिर्ताको लागि राजनीतिक दल, नागरिक समाजका अगुवा, स्थानीय सबैलाई आग्रह गरिएको र फिर्ता गराउने आश्वासन पाउँदापनि कुनै सुनुवाई नभएकोले आफू निकै मार्कामा परेको गुनासो पोखे ।कार्यक्रममा थाकसा चितवनका सभापति विश्राम महतोले जालसाँजी गरेर जग्गा हडप्नेलाई कारवाही गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने बताए ।

उनले जग्गा हड्प्ने नीज धरेल नेपाली कांग्रेसको उच्च नेताहरुको आडमा रहेर पीडितलाई हेप्न खोजेको आरोप लगाए ।
कार्यक्रमको संयोजन फुलमती चौधरीले गरेकी थिईन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु