मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

‘एरेन्ज लभ’को परिकल्पना सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २५ गते, बिहीबार १२:०७

काठमाडौं- एस.एन ईन्टरनेशनल ईभेन्टस्द्धारा निर्मित वेव सिरिज ‘एरेन्ज लभ’ को परिकल्पना सार्वजनिक गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा एस.एन ईन्टरनेशनल ईभेन्टस्ले पत्रकार सम्मेलन गरेर यस्तो जानकारि दिएको छ । वेव सिरिज ‘एरेन्ज लभ’का निर्देशक तथा लेखक फराज अर्पणले २१ औँ शताब्दिमा पनि मागि बिवाह प्रचलन कायम रहेको बताएका छन् ।
उनले भने,‘हाम्रो मुलुक २१ औँ शताब्दिमा हिडिरहेको छ, धेरै परिर्वतनका आवाज र क्रान्तिहरु भएका छन्, तर हाम्रो मुलुकमा अझैसम्म पनि मागेर विहे गर्ने चलन बाँकि छ, अभिभावकको दवाबमा परेर बिवाह गर्नु कदापि राम्रो होईन, मैले यसलाई फरक तरिकाले अभिनयमा उतार्न खोजेको छु ।’

उनले अघि थपे,‘जीवनलाई सम्झौताको कसिमा लिएर थन्काउनुको विकल्प मानिससँग हुन्छ भन्ने हाम्रो मान्यता हो, जस्तो बिवाहको कुरा शुरु भएपछि केटा र केटीले अभिभावकको दवाबमा परेर बिवाह गर्नुको साटो एकअर्कालाई नजिकबाट जान्ने र बुझ्ने नभएसम्म बिवाह नगर्नु एउटा उत्तम विकल्प हुनुसक्छ, हामीले यीनै किसिमका सन्देश प्रवाह गरेर यो कार्य गर्दैछाँै ।’
मागि बिवाहको बन्धनमा परेका मानिसहरुले त्यसको सामना कसरी गर्न सक्छन ? भन्ने कुरालाई मिहिन रुपमा दृश्य र अभिनयको माध्ययमबाट देखाउने उक्त वेव सिरिजको छायांकन केही समयमै शुरु हुने बताईएको छ ।

मागि बिवाहको अन्त्य र सामाजिक विचलनमा कमि ल्याउने उद्देश्यले यो सिरिजको थालनि गरिएको आयोजकले जानकारि दिएको छ ।नयाँ वर्ष २०७५ सालको बैशाख १ गतेबाट भाग १० सम्म सार्वजनिक गर्ने आयोजकले जानकारि दिएको छ ।
कार्यक्रममा कलाकारहरु स्वस्ति वैद्य, सफल अग्रवाल, साहिल खान लगायतले आफ्ना कुराहरु राखेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु