एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

एमाले–माओवादी एउटै पार्टी हो,अब माओवादी पनि सरकारमा सहभागी हुन्छ भन्ने प्रश्न हुन्छ र ? : शर्मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २६ गते, शुक्रबार ११:००

काठमाडौं-नेकपा माओवादी केन्द्रका नेता दिनानथ शर्माले एमाले र माओवादी केन्द्रको एउटै पार्टी बनेर नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन् ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा शर्माले भने,‘पार्टी एकताको गृहकार्य भैरहेको छ, प्रचण्ड र ओलीवीच वान–टु–वान भेटवार्ता धेरै भैरहेको छ, एकता हुन्छ, एउटै पार्टी बन्ने भएपछि अब माओवादी केन्द्रपनि सरकारमा जान्छ भन्ने प्रश्नै हुँदैन्, अब दायाँबायाँ हुने कुरै छैन्।’

यद्धपी उनले दुई पार्टीवीचको एकता दायाँबायाँ होस् भनेर चाहने देशी तथा विदेशी शक्तिहरु धेरै भएकोले अब ती सबै खाले चलखेललाई नेतृत्वले असफल तुल्याउने जिकिर गरे । उनले भने,‘एकता भाँड्न खोज्ने चलखेललाई असफल पार्ने तागद र क्षमता हामीसँग छ।’नेता शर्माले नेताद्धय ओली र प्रचण्डले सबैको कुरा सुन्ने तर निर्णय आँफै लिने बताए । उनले भने,‘सबै कुरा मिल्छ, हामी एउटै पार्टी भैसक्यो, अब एकता भन्नेवित्तिकै भागबण्डा होईन नि, नेताहरुवीच समझदारीमा कार्यविभाजन हुन्छ।’

 

उनले पदीय बाँडफाँड विधि र विज्ञान अनुसार हल गर्ने स्पष्ट पारे । उनले जनमत वाम गठबन्धनको पक्षमा त्यसमा पनि एमालेको पक्षमा देखिएकोले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै बन्ने ठोकुवा गरे ।फरक प्रसँगमा उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको हालै सम्पन्न नेपाल भ्रमणलाई सद्भावपूर्ण भ्रमणको संज्ञा दिए । उनले भने,‘उहाँको भ्रमण सद्भावपूर्ण हो, यसलाई अन्यथा रुपमा लिनुहुँदैन्।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु