दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

ओली नेतृत्वको सरकारमा सहभागी हुने संभावना छैन : अनिल झा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २६, शुक्रबार ११:१४

काठमाडौं-राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले आफूहरुले अहिले केन्द्रिय सरकारमा जानेबारे केही पनि नसोचेको स्पष्ट पारे ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘हामी केपी ओली नेतृत्वको सरकारमा जाने संभावना छैन, यसबारेमा हामीले कुनै छलफल नै गरेका छैनौं, भोलि पनि जानेबारे पार्टीमा कुनै छलफल हुँदैन होला।’

नेता झाले भने,‘ऋषिजी ओलीजीलाई प्रधानमन्त्री बन्नुपर्छ भनेर दिनरात खटिरहनुभएको छ, अहिलेसम्म उहाँको नेतृत्वमा सरकारमा जानेबारे हाम्रो पार्टीमा छलफल भएको छैन्।’झाले संविधान संशोधनको लागि सबैभन्दा कटु आलोचना एमालेबाटै भएको गुनासो पोखे । उनले भने,‘त्यसैले हामी एमालेको नेतृत्वमा सरकारमा जाने संभावना छैन, हामी प्रतिपक्षमा बसेर निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्छौं।’ अब बन्ने सरकारले आफूहरुको एजेण्डाप्रति कस्तो धारणा बनाउँछ त्यो हेर्न बाँकी रहेको उनको भनाई थियो ।

त्यस्तै उनले प्रदेश नम्बर २ मा फोरम र राजपा नेपालले संयुक्त सरकार बनाउने विश्वास दिलाए । उनले भने,‘संयुक्त सरकार बनाउनोरे प्रयास र छलफल भैरहेको छ, दुई दिन पहिले यसबारेमा एक चरणमा छलफल भयो, अर्को चरणमा पनि छिट्टै छलफल हुन्छ।’ उनले संयुक्त सरकार बनाउने भएकोले राजपा लचकता अपनाउन तयार रहेको विश्वास दिलाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु