ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

उपेन्द्र यादव पेट्रो डलरमा बिक्रि भए : विश्वहिन्दु परिषद्

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २६ गते, शुक्रबार ११:२२

काठमाडौं-विश्वहिन्दु परिषद् नेपाल, प्रदेश नम्बर दुईले उक्त प्रदेशमा मुस्लिम धर्मावालम्बीलाई मुख्यमन्त्री बनाए कडा आन्दोलन छेड्ने चेतावनी दिएको छ ।विश्वहिन्दु परिषद नेपाल, प्रदेश नम्बर दुईले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परिषदका केन्द्रीय अध्यक्ष एवम् वरिष्ठ कलाकार टिका पहारीले मुुलुक धर्म परिर्वतनको महाजालमा फसेको आरोप लगाए ।

उनले भने,‘हाम्रो मुलुकलाई जब धर्मनिरपेक्षराष्ट्र घोषणा गर्ने काम भयो त्यसपछि विदेशी शक्तिहरुले खेल्न थाले, राष्ट्रियतामाथि आक्रमण गर्नुछ भने पहिले त्यस देशको धर्ममाथि जाईलाग्नुपर्छ भन्ने मान्यताकासाथ योजनाबद्धरुपमा लागेका छन् यस गैर–कानुनी कार्यको अन्त्य गर्न सरकारले सकेको छैन्।’अध्यक्ष पहारीले अघि थपे,‘हाम्रो देशमा धर्मपरिवर्तन समस्या बनेको छ, यसको तत्काल उपचार हुनुपर्छ, भारत, बंगलादेशका ईस्लामिक नागरिकले नेपालबाट नागरिकता लिने गरेका छन् |

प्रदेश २ मा मुस्लिमलाई मूख्यमन्त्री बनाए आन्दोलन गर्ने चेतावनी

राज्यले दिनेकाम गरेको छ, प्रदेश नम्बर २ मा बहुसंख्यक रुपमा रहेका हिन्दुहरुमाथि कुठाराघात गर्दै संघीय समाजवादी फोरमले मुस्लिम नागरिकलाई मूख्यमन्त्री बनाउने निर्णय गरेको छ, तत्काल यो निर्णय फिर्ता नलिए कडा आन्दोलन हुन्छ।’त्यस्तै परिषदको प्रदेश नम्बर २ का संयोजक विनय यादवले संघीय समाजवादी फोरमले हिन्दुहरुलाई अन्यायमा पार्ने खालको निर्णय गरेकोमा आपत्ति प्रकट गरे । उनले भने,‘प्रदेश नम्बर २ हिन्दुधर्मको केन्द्र भाग हो, यस प्रदेशमा अधिकांश हिन्दुहरुको बसोवास छ, अधिकांश हिन्दुवादी नेताहरु छन्, नेतृत्व लिन नसक्ने जस्तोगरि गैर–हिन्दुलाई ल्याएर हिन्दुहरुमाथि शासन गराउने कुरा हामी मान्न सक्दैनौं।’

 

उनले भने,‘उपेन्द्र यादवले हिन्दुहरुको मतको आधारमा पार्टीलाई शक्तिशाली बनाएका हुन तर त्यही मतलाई कदर गर्न सकेनन्, हामी आग्रह गर्दछौँ, प्रदेश नम्बर २ मा हिन्दुधर्मवालम्बी जो भएपनि मूख्यमन्त्री बनाउनुहोस् होईन भने तपाईको पार्टीका बिरुद्धमा हामी सडकमा ओर्लिनेछौं, अनि आगामी पाँच वर्षपछि तपाईको पार्टीको आकार कहाँ हुन्छ त्यतिबेला थाहा हुनेछ।’उनले अघि थपे,‘धर्म परिर्वतनले उग्र रुप लिएको बेलामा फोरमले यस्तो निर्णय गर्नु महा गल्ती हो, मधेशमा तुष्टिकरण र पेट्रो डलरको प्रलोभनमा परेर यस्तो निर्णण गर्नु उपेन्द्र यादवको गल्ति हो।’

उनले भने,‘जनकको भूमि, गढिमाईको मन्दिर (सिम्रौनगढ) ईतिहास, विन्धवासीनि माईको महत्व, छिन्नमस्ता माईको महत्व लगायतको धार्मिक तथा पर्यकटकीय स्थलको उर्वर भूमिमा ईस्लामिक धर्मवालम्बिलाई मूख्यमन्त्री मान्न सक्दैनौं।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु