त्रिशूली दुर्घटना अपडेट:सिँचाइ सचिव यादवको शव फेला,अन्य दुईको खोजी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २७ गते, शनिबार ०६:४८

धादिङ -पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोलाङबाट त्रिशूली नदीमा जीप खस्दा बेपत्ता भएका सिँचाइ सचिव रामानन्दप्रसाद यादवको शव फेला परेको छ । उनको शव जीपको ड्राइभरको सिटबाटै निकालिएको प्रहरीले जनाएको छ ।
उद्दारमा संलग्न प्रहरीका अनुसार जीप सचिव यादवले नै चलाएको देखिएको छ । दुर्घटनापछि नदीमा बेपत्ता भएका सचिव यादवका छोरा सन्तोष र उन्नती गुप्ताको अवस्था अझै अज्ञात रहेको छ । उनीहरुको खोजी जारी रहेको घटना स्थलमा रहेका प्रहरी सहायक निरिक्षक पूर्णबहादुर लामाले बताए ।

शनिबार बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जीप पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोलाङबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा घाइते भएका सर्लाहीका चालक निरन्जन यादवको काठमाडौंमा उपचार भइरहेको छ ।
जीप दुर्घटना स्थलभन्दा करिव २० फिट तल फेला परेको प्रहरीले जनाएको छ । जीप सडकबाट अन्दाजी ९० मिटर तल खसेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु