युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमसत्यनारायणको आवाजमा मल्ल राजाहरुको मल्लकालिन गीतमय सरगमहिमाल र योङगीलाई यु–१९ सिंगल्स स्वर्णशम्भुले सिकागो म्याराथनमा दौड्नेएसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधिनवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा, शक्ति पिठहरुमा घुइँचोएसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?

सुदुर पश्चिमाञ्चलविश्विद्यालयमा (१५ आङ्गिकक्याम्पस) समायोजनप्रक्रियानसच्याए कडा आन्दोलनमाउत्रिने संघर्ष समितिको चेतावनी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २७ गते, शनिबार ०८:२८

काठमाडौं- सुदुर पश्चिमाञ्चलविश्विद्यालयआङ्गिकक्याम्पस समायोजन संघर्ष समितिले विश्विद्यालयद्धारा हालै अघि बढाईएको १५ वटा आङ्गिकक्याम्पसलाई समायोजन गर्ने प्रक्रिया नै गलतभएको भन्दै उक्तप्रक्रियातत्काल सच्याउनुपर्ने माँग गरेको छ ।शनिबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दैसमितिले उक्तप्रक्रियानसच्याएआगामीदिनमाजस्तोसुकै संघर्षमाउत्रिनबाध्य चेतावनीदिएको हो ।समितिका संयोजकमानबहादुर चन्दले तत्कालविश्वविद्यालयले आफूहरुले उठाएका जायजमाँगहरु सम्बोधनगर्नको लागि ढिलाई गर्न नहुने धारणा राखे ।

उनले भने,‘हामीले त यो प्रक्रियाको सुरुदेखि नै विरोध गर्दै आएका छौं, यो विभेदपूर्ण छ, विश्विद्यालयको ऐनको पनिविपरित छ, पूर्वअभ्यास विपरित भएकोले हामीकुनै पनिहालतमा यो प्रक्रिया संशोधननभएसम्म अगाडि बढ्न दिँदैनौं, बरु यसको लागि जस्तोसुकै कदम उठाउन पनिबाध्यहुनेछौं, हाम्रा साथीहरु आन्दोलनकालागितमतयार भएर बस्नुभएको छ।’चन्दले विश्वविद्यालयकाजिम्मेवारी पदाधिकारी उपकुलपति भुषण श्रेष्ठ र रजिष्ट्रार द्धिजराजभट्टले समायोजन प्रक्रियालाई नै अवरुद्ध गरि १५ वटा क्याम्पसलाई आंगिक प्रक्रियाबाट बन्देज गराई विश्विद्यालयको विकास र विस्तारलाई नै रोक्ने फोहोरी नियतका साथआफूहरुलाई अदालतजानधम्क्याएको आरोप लगाए ।

उनले भने,‘यतिमात्रै होईन, उहाँहरुले यो दरबन्दीलाई खारेज गरिदिने धम्कीदिनुभएको छ, तर हामी संयममितभएरआफ्नाविरोधका कार्यक्रमहरु अघि बढाईरहेका छौं, हामीअदालतजाने पक्षमा छैनौं।’मुलुकमा राज्यभएकोले विश्विद्यालय र सरकारले आफ्ना कुराहरु नसुने अन्तिममामात्रै बाध्यभएर अदालतजाने तर अहिले आफूहरु अदालतजानको लागिहतारिने पक्षमानभएको उनको स्पष्टोक्तिथियो ।समितिले विभिन्न ३ बुँदे माँग समेत अघि बढाएको छ । जसमा सु.प. विश्विद्यालय ऐनमाभएको व्यवस्थाअनुसार विश्वविद्यालय र क्याम्पसहरुवीच समायोजन सम्बन्धीअन्तिम (एमओयू) गर्दा सम्मकाशिक्षककर्मचारी जो जुनअवस्थामा रहेका छन् सोहीअवस्थामा समायोजन गर्नुपर्ने, समायोजन कार्यविधि सु.प. विश्वविद्यालयमा समायोजन भैसकेको सिद्धनाथ बहुमुखीक्याम्पसको नजिर अनुसार हुनुपर्ने र सेवा सुविधातथाशर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजनाभई आएकाशिक्षककर्मचारी सरह हुनुपर्ने रहेको छ ।

‘भीसी र रजिष्ट्रार नैविश्विद्यालयको विस्तारलाई रोक्ने खेलमालागे’

समितिका संयोजकचन्दको नाममाजारी गरिएको प्रेस वक्तव्यमाभनिएको छ,‘सुदुरपश्चिमाञ्चलविश्वविद्यालयले सुदुरपश्चिमका १५ वटा सामुदायिकक्याम्पसकालागिमिति २०७४ सालअसोज २ गते नेपाल सरकार मन्त्रिपरिषदले स्विकृत ४४४ वटा शिक्षककर्मचारी दरबन्दी समायोजनको प्रक्रियाकालागि ०७४ पुस २९ गतेको विश्वविद्यालय सभाबाट संशोधितशिक्षककर्मचारी नियामावली सु.प. विश्वविद्यालय ऐन विपरित, समायोजनको पूर्वअभ्यास विपरित, राष्ट्रिय तथाअन्र्तराष्ट्रिय श्रम ऐन र श्रम अधिकार विपरित अधिकांशप्राध्यापकतथाकर्मचारीहरुलाई अन्यायभएको कुरा मिति ०७४ माघ ७गते विश्वविद्यालयको केन्द्रियकार्यालय भीमदत्तनगर कञ्चनपुर र सम्पर्क कार्यालय सिनामंगलमा ज्ञापनपत्र बुझाएकाथियौं ।’ समितिले उक्तप्रक्रियाको विरोधमातालबन्दी गरेर समेत विरोध प्रकट गरेको जनाएको छ ।

आफूहरुले यसरी विरोध जनाउँदै गरिरहेको अवस्था र विश्वविद्यालयको गेटमा तालबन्दीलगाईएकै अवस्थामाउक्ततालातोडिएको चन्दले गुनासो पोखे । आफूहरुलाई विश्वविद्यालयको गेटमै थुनछेक गर्ने प्रयास गरिएको र प्रहरी बोलाई अनावाश्यकझमेलातथाप्राध्यापकहरुको अपनमानगर्ने प्रयास भएको पनिउनको आरोप थियो ।उनलेपदाधिकारीहरुले आफूहरुकाकुनै कुरा सुन्ननचाहेको बरु उल्टै गैर–जिम्मेवार रुपमा प्रस्तुतभएकोप्रतिपनि कडा रुपमाविरोध जनाउँदै आपत्ति प्रकट गरे ।समितिले ०७४ पुस २९ गतेको विश्वविद्याल सभाले गरेको समायोजन सम्बन्धीशिक्षक, कर्मचारी नियमावलीको संशोधितबुदाहरु पूनःमाँगबमोजिम संशोधननभएसम्मविरोधकाकार्यक्रमयथावत रहेको पनिजनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु