तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

१३२ कलाकारको सामूहिक स्वरमा रहेको ऐतिहाँसिक देउडा ‘गीत २०७४ न्याउल्या…’ विमोचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २७, शनिबार ११:१४

काठमाडौं-मध्य तथा सुदुरपश्चिमका बहुचर्चित एक सय ३२ कलाकारहरुको सामुहिक स्वरमा समर्पित ऐतिहाँसिक देउडा ‘गीत २०७४ न्याउल्या…’ को हिजो विमोचन भएको छ ।काठमाडौंको राष्ट्रिय नाँचघरमा उक्त गीतको विमोचन नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेत, भौतिक योजनामन्त्री वीरबहादुर बलायर र नेपाल प्रहरीका एआईजी जयबहादुर चन्दले संयुक्त रुपमा उद्धघाट्न गरेका हुन् ।

बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियोको प्रस्तुतिमा भुवन प्रकाश बडुको एकल प्रयासमा उक्त गीत तयार पारिएको हो । गीतको विमोचन गर्दै अतिथिहरुले सफलताको शुभकामना दिएका थिए ।सुदुरपश्चिमको मौलिक भाकामा रहेको उक्त देउडा गीतमार्फत आफ्नो भाका, संस्कृतिको सरंक्षण एवम् प्रवद्र्धन गर्ने हेतुले तयार पारिएको बडुले विश्वास दिलाएका छन् ।उक्त गीतको संगित–संयोजन तथा परिकल्पना बडुको रहेको छ भने शब्द संकलन भने टेकबहादुर ऐरले गरेका छन् ।

त्यस्तै लय संकलन एम.के. ठकुराठीको रहेको छ । गीतको भीडियोको छायांकन तथा सम्पादन अमन बडु, रेकर्ड तथा मिम्सिङ जीवन बडु, निर्देशन दिपक जोशी रहेको । त्यस्तै गीतमा देवु बोहरा, मेरिना लगायतले अभिनय गरेका छन् । त्यस्तै प्रस्तुतकर्तामा माही बडु रहेकी छिन् ।विमोचन कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हरिशरण लामिछानेले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु