नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क मञ्चले सहिद परिवारलाई सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २७ गते, शनिबार ११:२९

काठमाडौं-नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क मञ्चले सहिद परिवारलाई सम्मान गरेको छ ।मञ्चले नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको दोस्रो तथा सहिद भीमनारायण श्रेष्ठको ३९ औं स्मृति दिवसको अवसरमा सहिद भीमनारायाण श्रेष्ठका पुत्र मनोहर नारायण श्रेष्ठ र सहिद क. यज्ञबहादुर थापाकी पत्नी खड्गकुमारी थापालाई सम्मान गरेको हो ।मञ्चका अध्यक्ष भीम थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले श्रेष्ठ र थापालाई सम्मानपत्र प्रदान गरेका हुन् ।

शनिवार रिपोर्टर्स क्लव नेपालमा आयोजना भएको सो कार्यक्रममा नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्ष नारायणप्रसाद भट्टराइलाई पनि सम्मान गरिएको थियो ।कार्यक्रममा सम्बोधन गर्दै नेता केसीले पार्टी नेतृत्व विधि, विधान र नीति अनुसार चल्न नसक्दा यो निर्वाचनमा लज्जास्पद हार व्यहोरेको आरोप लगाए । यद्धपी उनले पार्टीलाई वैचारिक पूर्नजागरण दिनुपर्ने बताए ।उनले भने,‘कांग्रेस हारेको छैन, सिद्दिएको छैन, र सिद्द हाल्ने तत्व पनि होईन, बरु अब यसलाई नयाँ जीवन दिनुपर्छ, यसको लागि पूर्नजागरण गर्नुपर्छ।’ कांग्रेसले आफ्नो जीवनमा धेरै पटक हार र जीतको अनुभव गरिसकेकोले अहिलेको हारबाट आफूहरु नआँत्तिएको उनको तर्क थियो ।

सो सम्मान कार्यक्रममा नेपाली कांग्रेस धनकुटामा पूर्व सभापति मनोहर नारायण श्रेष्ठ, वर्तमान सभापति अग्नीप्रसाद पौडेल, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई लगायतले सहिदको सम्मान गर्नुपर्नेमा जोड दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु