दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

रहस्यमयी आँचल र पल उर्फ ‘आँप जोडी’ [फोटो सहित]

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २८, आईतवार ०६:५५

सुरक्षा भट्टराई-काठमाडौँ । नायिका आँचल शर्मा र नायक पल शाह बेलाबखत प्रेम जोडीका रूपमा चर्चामा आउँछन् । आँचल चलचित्र क्षेत्रमा नआउँदासम्म पलको नाम प्रकृती श्रेष्ठसँग जोडिएर चर्चामा आउने गर्थ्यो । प्रकृतीको विवाह पछि उनीसँगको च्याप्टर क्लोज भयो र पलले डेरा सरेका भन्दै पछिल्लो समय उनी आँचलसँग जोडिन्छन् ।

चलचित्र नाई नभन्नु ल–४ बाट नेपाली सिने दुनियाँमा प्रवेश गरेकी आँचलको स्क्रिन शेयरको संयोग नै पलसँग जुर्यो । त्यसैले पनि यो जोडी स्वाभाविक चर्चामा रह्यो । तर सोही चलचित्रमा अन्य दुई नायिका पनि पलसँग अभिनयमा थिए तर उनीहरूले आँचलको जस्तो पलसँग जोडिएर चर्चा पाएनन् ।

चलचित्र जोनी जेन्टलम्यानमा पनि आँचल र पलको जोडी जम्यो । तर चलचित्र भने चलेन । यो जोडीको अर्को चलचित्र पनि तयार हुँदैछ– सत्रु गते । छायाँकन भैरहेको चलचित्र सत्रु गतेको सुटिङमा यो जोडीको केमेस्ट्री व्यावहारिक रूपमै मिलेको चर्चा छ । उनीहरू एकअर्कासँग समय विताउन आकर्षित भएका र प्रायः घुमघाममा पनि सँगै निस्कने गरेका निकट स्रोत बताउँछ ।

यो जोडीलाई ‘आँप जोडी’ भनेर पनि सम्बोधन हुने गरेको छ । तर दुबै प्रेममा रहेको खुलस्त बताउन सक्दैनन् उल्टै प्रेम सम्बन्ध नरहेको जिकिर गर्छन् । साथी र सहकर्मी मात्रको सम्बन्ध रहेको उनीहरूले मिडियासँग धेरै पटक बताएका छन् ।

तर कतिसम्म भने पल र आँचलको ड्रेस कोड पनि मिल्ने गरेको छ । पछिल्लो समय उनीहरूले सल्लाह गरेरै मिल्दो पहिरनमा सार्वजनिक हुने गरेका चर्चा पनि चलेको छ । पल र आँचलको जोडी जति जमेको देखिन्छ उति रहस्यमयी पनि छ ।-dcnepal.com

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु