• ‘रानी महल’ बाट बर्षा र प्रशान्तले अचानक किन झिके हात

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ माघ २०७४, आईतवार ०७:१२

    काठमाडौँ । चलचित्र रानिमहलबाट अभिनेता प्रशान्त ताम्रकार र नायिका बर्षा सिवाकोटीले हात झिकेका छन्। चलचित्रको छायाँकनमा ढिलाइ भएपछि उनीहरुले सो चलचित्रबाट हात झिकेका हुन्।चलचित्र छाडेको विषयमा बर्षाले भनिन् ‘मैंले असारमै फिल्म गर्छु भनेर साइन गरेको थिएँ’, , ‘अब फागुनमा पनि सुटिङ सुरु नहुने भएपछि कति कुर्नु भनेर एडभान्स फिर्ता दिएँ र टिमलाई चलचित्र नखेल्ने बताए ।’यता अभिनेता ताम्राकारले पनि आफ्नो समय नमिल्ने भएर रानी महल छोडेको बताएका छन्।

    अझैपनि स्क्रिप्टमै अल्झिएको रानी मलहको छायाँकन कहिलेबाट सुरु गर्ने भन्ने विषयमा निर्माण पक्ष अन्यौलमा रहेको देखिन्छ।केहि समय अघि मात्र हिमाल सुरेश न्यौपानको डेव्य निर्देशन रहने ‘रानी महल’को भव्य कार्यक्रम गरेर औपचारिक घोषणा गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु