चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

मुख्यमन्त्री नियुक्ति प्रकृया अगाडि बढाउन माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २८, आईतवार ०८:२१

बुटवल । प्रदेश नम्बर ५ को मुख्यमन्त्रीको नियुक्ति प्रकृया अगाडि बढाउन नेकपा एमाले र माओवादी केन्द्र पार्टीका नेताहरुले माग गरेका छन् ।  नियुक्ती सम्बन्धमा एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताले हस्ताक्षर गरेको माग पत्र प्रदेश नम्बर ५ प्रमुख उमाकान्त झालाई बुझाएको हो ।

एमालेका संसदिय दलका नेता शंकर पोखरेल र माओवादी केन्द्रका नेता कुल प्रसाद केसी ‘सोनाम’ले हस्ताक्षर गरेर शंकर पोखरेललाई मुख्यमन्त्री मा समर्थन गर्दै प्रकृया अगाडि बढाउन माग गरिएको छ ।  संविधानको १६८ को उपधारा २ बमोविम माग गरेको हो ।

पत्र बुझाउन पुगेका नेकपा एमालेका संसदिय दलका नेता शंकर पोखरेलले पहिलो चरणमा मिनि मन्त्रालय निर्माण हुने बताएका छन् ।  उनले भवन तथा पुर्वाधार कमिका कारण मिनि मन्त्रिपरिषद निर्माण हुने बताए । पहिलो चरणमा ३ जना मन्त्रि हुने र मुख्यमन्त्री र मन्त्रिको सपथ एकैदिन हुने संभावना रहेको बताए ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टी एकता छिट्टै हुने बताए । प्रदेश नम्बर ५ मा पहिलो चरणमा १-१ एमाले र माके बिच भागबण्डा हुने र बाँकि मिलेर काम गर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु