दूधसँग खान नहुने कुराहरू

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २८ गते, आईतवार ०९:२३

दूध र दही वा कफी नखाने, यदि खाए एसिडिटी, ग्याँस तथा कब्जियतको समस्या हुन्छ । यसमा एक डेढ घण्टाको फरक राख्नु राम्रो हुन्छ ।

-मासको दाल र दूध खाँदा अपच हुन्छ । 
-दुधका साथमा सुन्तला, मौसमजस्ता अमिलो जातका फल खानु उपयुक्त होइन ।
-जसलाई कफको समस्या छ, उनीहरूले दूध र केरासँगै खानुहुँदैन, किनभने यी दुवै खाद्यसमाग्री कफ कारक हुन् ।
-दूधसँग माछा खाँदा ग्यास बढ्छ, त्यस्तै छालाको समस्या समेत सिर्जना हुनसक्छ ।
-दूधका साथ तारेको–भुटेको खाना पचाउन गारो हुन्छ र छालाको समस्या समेत वृद्धि हुन्छ ।
-दूध र नुन अथवा नुन हालिएको परिकार विरुद्ध आहार हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु