यूएईमा प्रदेश नम्बर ५ सम्पर्क समिति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २८ गते, आईतवार १०:०१

यूएई-नेपालको संघीय स्वरुपलाई आधार मान्दै प्रवासका जिल्लास्तरीय सामाजिक संस्था प्रदेश स्तरमा संगठित हुन थालेका छन् ।दुई साताअघि तीन नम्बर प्रदेशको समिति गठन भएलगत्तै ५ नम्बर प्रदेशमा जन्मथलो भएका प्रदेशवासीले यूएईमा ‘प्रदेश नम्बर ५ सम्पर्क समिति’ गठन गरेका छन्।यसै सेरोफेरोमा ४ नम्बर प्रदेशका नेपालीहरु पनि नेपालको संघात्मक प्रणाली अनुरुप नयाँ समाज गठन गर्ने तयारी गरिरहेका छन्।

विदेशमा रहदा सिकेका सीप र कलालाई आफ्नो जन्मथलोको उन्नतिका लागि लगाउने र प्रदेश ५ लाई समुन्नत प्रदेश बन्न सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको यस संस्थामा १७ सदस्यीय कार्य समिति रहेको छ ।प्रदेश नम्बर ५ अन्तर्गत १२ जिल्लाका प्रतिनिधिको भेलाले प्रदेश नम्बर ५ सम्पर्क समिति यूएई गठन गरिएको हो । यो सम्पर्क समितिको अध्यक्ष्यमा अर्घाखाँचीका राजु खड्का, बरिष्ठ उपाध्यक्षमा दाङका नरेश सेन, उपाध्यक्षमा रुपन्देहीका तारा मल्ल र रोल्पाका डिलाराम वली, महासचिबमा गुल्मीका खगेन्द्र पराजुली, सचिवमा रुपन्देहीका भिम के.सी, कोषाध्यक्ष दाङका विस्वदेब शाह, सहकोषाध्यक्षमा कपिलबस्तुका शुस्मा खरेल र प्रवक्ता रोल्पाका कुमार के.सी. रहेका छन् ।

त्यसैगरी सदस्यमा रोल्पाका वीरबहादुर घर्तीमगर, रुकुमका कैलाश खाम मगर, अर्घाखाँचीकी चन्द्रकला घिमिरे, रोल्पाका कृतिमान पुन मगर, प्युठानका नारायण आचार्य, बर्दियाका दुर्गाप्रसाद पौडेल, गुल्मीका जीवनसिंह ठकुरी रहेका छन् ।उक्त कार्यक्रमा वक्ताहरुले नेपालीहरुले भिजिट भिसामा यूएर्इ आउँदा भोग्नुपर्ने समस्या, महिलाहरुले छुट्टिमा गएर फर्किँदा र नयाँ भिसा लगाउदा भोनुपर्ने समस्याहरु, प्रदेश ५ मा लगानीका सम्भावना र विकाशका लागि गर्न सकिने योगदान बारे चर्चा गरिएको थियो ।साथै कार्यक्रममा वक्ताहरुले समाजलाई राजनीतिबाट टाढै रही सेवा र विकासको भावनाले काम गरे मात्र समृद्धिको लक्ष्य प्राप्ति गर्न सकिने भनाइ व्यक्त गरेका थिए ।

संस्थाको पहिलो बैठकले भावी कार्यदिशा निर्धारण गर्ने निर्णय गर्दै निर्वाचित पदाधिकारीहरु बिच शुभकामना आदान प्रदानका साथमा उक्त प्रथम भेला समापन गरिएको प्रवक्ता कुमार केसीले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु