स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

सिद्धबाबा दर्शनकालागि शिवरात्रीमा छुट्टै बस सेवा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २८, आईतवार ११:१५

बुटवल-पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धबाबा मन्दिर बिकास समितिले शिवरात्रीको दिन बुटवलको योगीकुटीदेखि सिद्धबाबासम्म बस सेवा सञ्चालन गर्ने भएको छ ।नीजि बस व्यबसायीसंग सहकार्य गरेर बिहानैदेखि मध्यान्न १२ बजेसम्म भक्तजनलाई सुविधान दिनकालागि ४ वटा बस सेवा सञ्चालन गर्न लागिएको मन्दिर बिकास समितिका अध्यक्ष दलबहादुर गुरुङ्ले जानकारी दिनुभयो ।यहि फागुन १ गते परेको शिवरात्रीमा सिद्धबाबामा बिशेष मेला लाग्ने भएकोले भक्तजनको समेत भिडभाड हुनेहुँदा भक्तजनलाई दर्शनकालागि सहज व्यबस्थापन मिलाईएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

मन्दिर जान पनि समस्या नहोस भन्नकालागि छुट्टै बस सेवा सञ्चालन गर्न लागिएको र मन्दिरमा गएपछि समेत दर्शन गर्न अफ्ठ्यारो नहोस भनेर सहज रुपमा दर्शन गर्ने वातावरण बनाईएको बताईएको छ । त्यस्तै मन्दिर परिषरमा हेल्प डेस्क, प्राथमिक उपचार केन्द्र समेत राखिने उहाँले बताउनु भयो ।अंघिल्लो वर्ष शिवरात्रीमा सिद्धबाबामा दर्शन गर्नकालागि २८ जिल्लाबाट करिव १२ हजार जना आएका थिए भने यो वर्ष अझै बढ्न सक्ने अनुमान गरिएको छ । बिकास समितिका अनुसार सिद्धबाबामा वार्षिक सरदर २० हजार जनाले दर्शन गर्दछन् ।

पत्रकार सम्मेलनमा कोषाध्यक्ष तथा उक्त वडाका वडा अध्यक्ष प्रेम पाण्डेले मन्दिरमा दर्शन गर्न आएका भक्तजन तथा दानबिरहरुबाट गत आर्थिक वर्षमा करिव साढे ४३ लाख रुपैंया दान संकलन भएको जानकारी गराउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु