रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

विरुवा रोपेर तारकेश्वरको इमेज स्कुलले १३ औं बार्षिकोत्सब मनायो, कम शुल्कमा गुणस्तरी शिक्षा दिंदै आइएको विद्यालयको दावी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २८, आईतवार ११:४१

काठमाडौं । माघ २८ । कम शुल्क र गुणस्तरी शिक्षा दिंदै आइरहेको काठमाडौंको तारकेश्वर १० स्थीत इमेल हाइस्कुलले विद्यालयको प्राङगणमा विरुवा रोपेर आज १३ औं वार्षिकोत्सब मनाएको छ ।
सामान्य औपचारीक कार्यक्रमका बिच विद्यालय व्यवस्थापन समिति, विद्यार्थी र शिक्षकरुका बिचमा विद्यालयले आज १३ औं बार्षिकोत्सब मनाएको हो । २०६२ साल माघ २८ गते स्थापना भएको इमेल स्कुल सम्पन्न देखि आर्थिक रुपले विपन्न भएका विद्यार्थीहरुको रोजाइको स्कुल बनेको छ । २०७२ बैशाख १२ र २९ गतेको भुकम्पबाट सुरक्षित भबन, कम्प्युटर ल्याब, डान्सको बिशेष कक्षा लगायत विशेषता रहेको विद्यालयको दावी छ ।


स्कुलको १३ औं बार्षिकोत्सबको अवसमा आज आयोजित कार्यक्रममा बिद्यालयका फाउण्डर प्रिन्सीपल रामगोपाल खडका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्जीनियर शंकर अधिकारी, शिक्षक÷अविभावक संघका अध्यक्ष हरि उप्रेती लगायतले विद्यालयको प्राङगणमा विरुवा रोपेर बार्षिकोत्सबको सुभारम्भ गरेका थिए ।
कार्यक्रममा बोल्दै बिद्यालयका फाउण्डर प्रिन्सीपल रामगोपाल खडकाले विद्यालयले कम शुल्कमा गुणस्तरीय शिक्षा दिंदै आइरहेको बताँउदै तारकेश्वरमा स्कुलको छुट्टै पहिचान बनेको बताए । स्कुलले १३ औं बार्षिकोत्सब सम्म आइपुग्दा निकै संघर्ष गर्नुपरेको बताँउदै खडकाले शिक्षक,अविभाबक र संस्थापकहरुले विद्यालयलाई सबैको साझा सम्पत्तीको रुपमा स्वामीत्व ग्रहण गरेर अगाडी बढेमा विद्यालयको भविश्य उज्वल रहेको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संस्थापक इन्जीनियर शंकर अधिकारीले विद्यालयलाई व्यवसाय भन्दा पनि सेवामुलक संस्थाको रुपमा विकास गदै लगिएको बताए ।
शिक्षक अविभावक संघका अध्यक्ष हरि उप्रेती, शिवपुरी मिडीया नेटवर्कका अध्यक्ष रबिन थपलिया, विद्यालयका संस्थापक सदस्यहरु हरी बा घले,प्रभा अधिकारी, प्रतिमा घले, सिता घले लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा विद्यालयमा कक्षा १ देखि ९ सम्म प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई शिवपुरी मिडीया नेटवर्कका अध्यक्ष रबिन थपलियाले पुरस्कार वितरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु