नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयीमिसन–२०२६ खेलकुद अभियान हो’’– घिसिङ

बाबा एजुकेशनको प्रस्तुतिमा मिस ग्रेस काठमाण्डौ -२०१८ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २८ गते, आईतवार ११:४३

 माघ,२५/ गरिब तथा जेहेन्दार बालबालिकाको सहयोगार्थ सुनौलो सपना नेपाल एक सामाजिक सस्थाले गत माघ २३ गते काठमाण्डौ जमल स्थित राष्ट्रिय नाचघरमा एक सांगितिक कार्यक्रम सम्पन्न गरेको छ । अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थिहरुलाई उचित परामर्श सेवा दिदै आएको बाबा एजुकेशन कन्सल्टेन्सिको प्रस्तुतिमा हेल्पिङ हेयान्डस् चिल्ड्रेन होमका गरिब बालबालिकाको सहयोगार्थ सो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बिबिध सांस्कृतिक मनोरन्जन र मिस ग्रेस काठमाण्डौ- २०१८ को फिनाले सम्पन्न भएको थियो । जसमा जाम्बु शेर्पाले ‘ मिस ग्रेस काठमाण्डौ २०१८’को उपाधि हासिल गरेकी थिइन् भने रेखा भट्ट फस्ट रनरअप,आशा पौडेल सेकेण्ड रनरअप र श्रद्दा राजभण्डारी ब्राण्ड एम्बेसडर बन्न सफल भएका छन । कार्यक्रमलाई ईपि एजुकेशन अष्ट्रेलिया प्रायोजन गरेको थियो भने सीम्रन म्युजिक र गाम बेशि दोहोरी साँझ ठमेलले पनि कार्यक्रमलाई सहयोग गरेको थियो ।

त्यस्तै गरी समाजसेवी धर्म सिंह, रुपा बलामी, गायक बिश्वो आरके को नि सहयोग प्राप्त भएको थियो । कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकार रोज मोक्तान, महादेब त्रिपाठि, रोमा न्यौपाने, मोटु पत्लु क्रिउ, बिनुप सुनुवार राई, डान्सिङ स्टार क्रिति पौडेल लगायतका कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु