महाशिवरात्रि पर्वमा ४ हजार साधुको सहभागिता -फोटो फिचर .

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २८ गते, आईतवार १३:११

माघ २८, काठमाण्डौ । यसपाललिको महाशिवरात्रि पर्वमा ४ हजार साधुहरुको सहयभागिता हुने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताउनु भएको छ । आज महाशिवरात्रि पर्व २०७४ को पुर्व सन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सदस्य सचिव ढकालले सो कुरा बताउनु भयो । यसैगरी डा. ढकालले यसपालिको शिवरात्रिमा शिवरात्रिको दिन विशेष गरि युवा वर्गले सेवन गर्ने गरेको पाइएकोले यस पटक शिवरात्रिमा जाँजा सेवन प्रति कडा गरिएको बताउँदे यस पटकको शिवरात्रिमा पर्वमा मेला व्यवस्थापनको लागि कोषले रु ५२ लाख छुटटाएको बताउनु भयो ।


यसैगरी सदस्य सचिव डा.ढकालले महाशिवरात्रिको पावन पर्वको अवसरमा भोलि विहान ७ः३० बजे पशुपति क्षेत्र विकास कोषले नेपाली सेना, शसस्त्र प्रहरी बल र रेड क्रस् संस्थाको सहयोगमा पशुपति क्षेत्र परिसरमा विशेष सरसफाई गरिने बताउनु भयो ।
पशुपति मन्दिरमा दर्शन गर्ने यस्तो व्ववस्था मिलाईएको छ ः
(क) बत्तिसपुतली , गौशालाबाट आउने दर्शनार्थीहरुका लागि गौशाला—पिंगलास्थान सुमार्गी भवन अगाडि चारशिवालय पन्चेश्वर हँुदै दक्षिण ढोकाबाट मन्दिर प्राङ्गन प्रवेश गर्ने व्ववस्था गरिएको छ ।
(ख) कोटेश्वर, एउरपार्ट तर्फबाट आउने दर्शनार्थीहरुका लागि तीलगंगङ्गन —पिंगलास्थान —सुमार्गी भवन अगाडि चार शिवालय पन्चेश्वर हँुदै दक्षिण ढोकाबाट मन्दिर प्रवेशको व्ववस्था मिलाइएको छ ।
(ग) गुहेश्वरीतर्फबाट आउने दर्शनार्थीहरुका लािग गौरिघाट—उमाकुण्ड —दक्षिणामुर्ति —रुद्रगाडेश्वर —बासुकीनाथ हँदै उत्तर ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्ववस्था मिलाइएको छ ।
(घ) चाबहिलबाट आउने भक्तजनहरुका लागि मित्रपार्क —जयबागेश्वरी भुवनेश्वरी हँुदै फलामको ढोकाबाट प्रवेश गरि पश्चिम मुलढोकासंगै रहेको प्रहरी पह।।ा गणको ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ ।
(ड.) सिफल , जयबागेश्वरीतर्फबाट आउनेहरुका लािग भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेश गराई पश्चिम मूल ढोकासंगै रहेको प्रहरी पहरा गणको सानो ढोकाबाट मन्दिर प्राङ्गण्न प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
यस पटकको महाशिवरात्रि आगामी मङ्गलबार परेको छ ।


यसैगरी शिवरात्रि पर्व शुरु भए संगै पशुपति क्षेत्रमा विभिन्न संघ संस्थाले निःशुल्क भोजन गराउन थालेका छन । सोहि क्रममा शिव सेना नेपालले पशुपतिको हंसमण्डपको प्राङ्गण अघि रहेको चौरमा भक्तजनहरुलाई विगत ४ दिान देखि निःशुल्क भोजन गराउँदै आएको छ ।

महाशिवरात्रिमा यो उसको चौथो अभियान हो । यसैगरी सोहि संस्थाले भारतको विभिन्न अखडाबाट आएको साधुहरुको सहयोगमा २४ घण्टा ओम नमः शिवाय ः मन्त्र सहित हवन यज्ञ गरिएको सेवा सेना नेपालका अध्यक्ष अनिल बस्नेतले बताउनु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु