ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

बिश्वकर्मा समाज नेपाल युएईको पहलमा गायीका जलजला परियार बचाऊ अभियान आर्थिक सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २९, सोमबार १३:१०

युएई-बिश्वकर्मा समाज नेपाल युएईको पहलमा गायीका जलजला परियार बचाऊ अभियान आर्थिक सहयोग संकलन थालिएको थियो र हिजो उक्त संकलित रकम काठमाडौ स्थित टिचिंग हस्पिटलको बेडमा मृत्यु र जिवन संग लडिरहेकी हाम्री चेली मिठो स्वरकी धनी जलजला परियारको बाबा आमालाई भेटी बिश्वकर्मा समाजका सदस्य प्रतिनिधी तथा राष्ट्रिय लोकदोहोरी गायक कुलेन्द्र बिश्वकर्मा, चर्चित गायीका शान्ती सुनार, नायीका सोनिया जिआर, बिश्वकर्मा समाज युएईका क्षेत्रिय समिती सारजाहका निवर्तमान सचिव ताराकान्त बिक, चर्चित एमसि राज बराईली लगायतको टोली हस्पताल मै पुगेर नेरु १२२,३३९ रुपैया ४३९४ दिराम हस्तान्तरण गरिएको छ |

यस अभियानलाई सफल पार्न अहोरात्र खटेर लागिपर्ने बिश्वकर्मा समाज युएई का सकृय सदस्य तथा ईनास युएई क्षेत्रिय समिति सारजाहका सचिव कृस सुनर, घर्ती घिमिरे , बिक समाजका क्षेत्रिय समिती सारजाहका उपाध्यक्ष मनु सुनार सारजाहबाट, बिक समाज आबुधाबी सदस्य झलक सुनार आबुधाबीबाट त्यस्तै बिक समाज दुबई क्षेत्रिय उपाध्यक्ष दुजमान सुनारको विशेष सकृयता तथा बिश्वकर्मा समाज नेपाल युएईका सम्पुर्ण सदस्यहरु, ईनास युएईका सम्पुर्ण सदस्य ज्युहरु लगायत युएई वासी सहयोगी मनका धनी नेपाली दाजुभाई दिदी बहिनीहरु तथा सम्पुर्ण सहयोगी दाताहरु जसले आफनो अमुल्य सहयोग प्रदान गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु