तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

अब इन्स्टाग्राममा भिडियो कलिङ फिचर ल्याउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन १, मंगलवार ०६:४१

पछिल्लो दुई वर्षयता फोटो शेयरिंग एप इन्स्टाग्रामले आफ्ना प्रतिस्पर्धी एप्स तथा वेबसाइटहरुमा भएका जस्तै विभिन्न खाले फिचर्स थप गरिसकेको छ । फेस फिल्टर्स, २४ आवर्स स्टोरिज, ह्यासट्याग, बुकमार्कजस्ता फिचरहरु सुरुमा इन्स्टाग्राममा थिएनन् र पछिमात्र थप गरिएका हुन् ।

आफ्नो प्लाटफर्मलाई अझै प्रयोगकर्तामैत्री बनाउन र प्रयोगकर्तालाई बढि भन्दा बढि सुविधा प्रदान गर्नका लागि इन्स्टाग्रामले छिटै नै भिडियो कलिंग फिचर ल्याउने तयारी गरिरहेको बताइएको छ ।

रिपोर्ट अनुसार इन्स्टाग्रामले भिडियो कलिंग फिचरमा काम गरिरहेको छ र अहिले यसको परीक्षण चलिरहेको छ । समाचार अनुसार पर्सनल च्याटका माध्यमबाट जब दुईजना प्रयोगकर्ता एक्टिभ हुन्छन् तब यस फिचरको प्रयोग गर्न सकिनेछ । केही महिना भित्रमा आइओएस र एन्ड्रोइड दुबै प्लाटफर्ममा यो उपलब्ध हुने बताइएको छ ।

यद्यपि इन्स्टाग्रामले पनि यो हल्लाको पुष्टि गरेको छैन र अन्दाज र अफवाहमाथि कुनै टिप्पणी नगर्ने बताएको छ।

फेसबुक स्वामित्वको इन्स्टाग्रामले हालै इन्स्टाग्राम स्टोरिजमा जिआइएफ सपोर्ट लञ्च गरेको थियो । प्रयोगकर्ताले इन्स्टाग्राममा ह्वाट्सएप र फेसबुकमा जस्तै डाटाबेसबाट जिआइएफ सर्च गर्न सक्दछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु