फागुन १, काठमाण्डौ । महाशिवरात्रिको पावन अवसरमा हिन्दुहरुको पवित्र पाशुपत क्षेत्र श्री पशुपतिनाथ मन्दिरक दर्शन गर्ने हरुको घुँइचो लागेका छ ।
शिवरात्रिकै अवसरमा पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीहरुलो लाइिनको लागि निम्न अनुसारको व्यवस्था गरेको छ ।
(क) बत्तिसपुतली , गौशालाबाट आउने दर्शनार्थीहरुका लागि गौशाला—पिंगलास्थान सुमार्गी भवन अगाडि चारशिवालय पन्चेश्वर हँुदै दक्षिण ढोकाबाट मन्दिर प्राङ्गन प्रवेश गर्ने व्ववस्था गरिएको छ ।
(ख) कोटेश्वर, एउरपार्ट तर्फबाट आउने दर्शनार्थीहरुका लागि तीलगंगङ्गन —पिंगलास्थान —सुमार्गी भवन अगाडि चार शिवालय पन्चेश्वर हँुदै दक्षिण ढोकाबाट मन्दिर प्रवेशको व्ववस्था मिलाइएको छ ।
(ग) गुहेश्वरीतर्फबाट आउने दर्शनार्थीहरुका लािग गौरिघाट—उमाकुण्ड —दक्षिणामुर्ति —रुद्रगाडेश्वर —बासुकीनाथ हँदै उत्तर ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्ववस्था मिलाइएको छ ।
(घ) चाबहिलबाट आउने भक्तजनहरुका लागि मित्रपार्क —जयबागेश्वरी भुवनेश्वरी हँुदै फलामको ढोकाबाट प्रवेश गरि पश्चिम मुलढोकासंगै रहेको प्रहरी पह।।ा गणको ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ ।
(ड.) सिफल , जयबागेश्वरीतर्फबाट आउनेहरुका लािग भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेश गराई पश्चिम मूल ढोकासंगै रहेको प्रहरी पहरा गणको सानो ढोकाबाट मन्दिर प्राङ्गण्न प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
यसैगरी महाशिवरात्रिकै अवसरमा विभिन्न संघ संस्थाले निशुल्क स्वास्थ्य शिविर ,आँखा जाँच निशुल्क फल फुल ,स्वच्छ खानेपानी, संगै पशुपति क्षेत्रभित्त आउने प्राय जसो सवैलाई निशुल्क भोजन वितरण गरि समाज सेवा गरि रहेका छन । ती संस्थाहरुमा श्रीकृण प्रणामी युवा परिषद , शिव सेना नेपाल, नेपाल आँखा अस्पताल, सेन्ट जोन एशोसिएसन नेपाल अग्रणी रहेका छन ।
सोही अवसरमा पशुपति परिसरमा शिव सेना नेपाले विगत चार वर्ष निरन्तरतालाई अंग्लादै यस वर्ष पनि महाशिवरात्रिको पावन अवसरमा आगन्तुकहरुका लागि निशुल्क भोजनको व्यवस्था मिलाएको छ ।
सोहि अवसरमा अपागंता पुनस्थापना केन्द्र नेपालले काठमाण्डौ उपत्याका भरी विभिन्न कठिन अवस्थामा जीवन निर्वाह गरि रहेका विपन्न व्यक्तिहरुका लागि काठमाण्डौको तारकेश्वर नगरपालिका ६ मा निकोस नेपालको सहहयोगमा निर्माण हुन लागेको भवनको सहयोगार्थ हिजो दिेखि १ लाख ८ जना बाट मुठठी दानको शुरुवात गरेको छ । हिजो सो मुठठी दान कार्यक्रमको शिव सेना नेपालका केन्द्रीइ अध्यक्ष अनिल बस्नेतले एक मुठी चाँदीको सिक्का दान गरि सो कार्यक्रमको शुभारम्भ गर्नु भएको छ ।मुठी दान कार्यक्रमलाई सम्बोधन गर्दै अपागंता पुनःस्थापना केन्द्रका अध्यक्ष बिष्णु आचार्यले यस खालको सहयोगबाट निर्माण हुने भवनमा असहाय , कठिन रुपमा सडकमा बास बस्न बाध्य भएका समाजका व्यक्तिहरुलाई टेवा पुग्ने बताउनु भयो ।
आज सो मुठी दान कार्यक्रमmलाई सानेपामा रहेको मेघा अस्पतालको अध्यक्ष किशोरजंग राणाको अगुवाईमा जारी रहेको छ । पशुपति क्षेत्र परिसरमा मेघा अस्पतालले निःशुल्क स्वास्थ्य शिविरसंगै भण्डारा चलाई महाशिवरात्रिमा आउने भक्तजनहरुलाई निःशुल्क भोजन उपलब्ध गराउँदै आएको छ ।
अस्पतालका अध्यक्ष राणाका अनुसार अस्पतालले विगत तीन वर्ष देखि महाशिवरात्रिक दिन निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ । अस्पतालले विभिन्न मुख्य चाड पर्वमा नेपालका दुर्गम जिल्लाहरुमा पनि निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।