काठमाडौं-क्यासिनो अन्ना संघर्ष समितिले सरकारले गरेको निर्णय तत्कालकार्यान्वयनगर्न सरोकारवालानिकायहरुसँग जोडदार माँग गरेको छ।
समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरेर यस्तो माँग गरेको हो । सरकारले ०६८ साउन ४ गते ९ सय २२ जनामजदुरलाई समायोजन गर्नुपर्ने निर्णय तत्कालकार्यान्वयनगर्न समितिले माँग गरेको हो ।सरकारी निर्देशन अवज्ञा गर्दै आएको होटल अन्नपुर्ण सञ्चालकले अहिलेसम्मविनाकारण कामबाट हटाएका क्यासिनोकाकामदार मजदुरलाई विभिन्नबहाना देखाउँदै वर्षौदेखिको तलभत्ता समेत नदिई बेहालबनाएको मजदुरहरुको आरोप छ ।
समितिका रिट संयोजकगोपाल राईको नाममाजारी प्रेस वक्तव्यमाआफूहरुले उठाएका माँगहरु तत्काल पूरा हुनुपर्नेबताईएको छ । समितिले आफ्नामाँग पूरा गराउन जस्तोसुकै कदमचाल्नपनि पछि नहट्ने चेतावनीदिएको छ ।समितिले अघि सारेकामाँगहरुमा सबै मजदुरहरुको जागिजोडेर निरन्तरतादिनुपर्ने, मजदुरहरुको बाँकीबक्र्यौक्ताक्यासिनो सञ्चालनगर्नुपुर्व नै भुक्तानीगर्नुपर्ने, मजदुरहरुको भुक्तानीनगर्ने हो भने लाईसेन्स खारेज गर्नुपर्ने र सरकार रोयल्टी, मजदुरको ज्याला, उपदानभुक्तानीनगरी यसरी क्यासिनोको नाम र सञ्चालक फेरेर माफियाले राजश्व छल्ने गरेकोले बाँकीबक्र्यौक्ताचुक्तानगरी क्यासिनोको सञ्चालक परिवर्तन गर्न प्रतिबन्धलगाउनुपर्ने र क्यासिनो सञ्चालनगर्ने ठाउँमा उपलब्ध गराउने होटलको नविकरण रोक्नुपर्ने छ ।
कार्यक्रममा नेपाल स्वतन्त्रहोटल तथाक्यासिनो मजदुर युनियनका राष्ट्रिय अध्यक्ष सुर्य कुँवरले सबै सरोकारवालाहरु एक ठाउँमा बसेर यो समस्याहलगर्नको लागिअबपहलगर्नुपर्ने बेलाआएको बताए ।त्यस्तै अखिल नेपालहोटल, क्यासिनो तथा रेष्टुँरा मजदुर संघका उपाध्यक्षमिलनमल्लले नयाँ सञ्चालनमाआएको क्यासिनो तत्कालखारेज गर्नुपर्ने बताए । उनले भने,‘एउटा होटलमा एउटा क्यासिनोको लाईसेन्सको बाँकीबक्यौक्ताहुँदाहुँदै अर्को संस्था (एट्लान्टिक रिक्रियशन सेन्टर) लाई कसरी क्यासिनो सञ्चालनको लागिअनुमतिदिन मिल्छ ? यो त मिल्दै नमिल्ने कुरा हो, यो कानूनी राजको बर्खिलापहो।’
नेपाल स्वतन्त्रहोटल मजदुर श्रमिक सम्बद्ध संघका अध्यक्ष खेमराज खड्काले पनिआफ्नो धारणा राखेकाथिए । उनले अहिले देखिएको उक्तसमस्या समाधानगर्नको लागिआफूले पनिपहलगर्ने विश्वास दिलाए । उनले तीनवटै संघ एकजुट भएर आगामीदिनमासंघर्ष गर्ने वचनदिए ।
कार्यक्रममा समितिकातर्फकातर्फबाट मुरारी दाहालले आफ्नो धारणा राखेकाथिए । उनले भने,‘आधादर्जनभन्दा बढि मजदुर साथीहरुले आत्महत्यागरिसक्नुभयो, कतिपय साथीहरु अहिले मर्नु न बाँच्नुको अवस्थामा हुनुहुन्छ, सरकारले हाम्रामाँगहरु पूरा गरोस्।’
समितिकाअनुसार अन्तर्राष्ट्रिय सम्बन्धतथाश्रम समितिको प्रतिवेदन–०७२ ले समेत सरकारी निकायलाई दोषी देखाउँदै महाभुकम्पको मौका छोपीहोटल व्यवस्थापनले आफूखुशीअनियमतितवरले उक्तक्यासिनो सञ्चालन रहेको भवनभत्काएर समस्याझन बढाएको ठहर गरेको थियो ।
त्यतिमात्रै नभएर संसदीय समितिको प्रतिवेदनलाई वास्तानगरी पूनः सरकारका केही भ्रष्ट कर्मचारीको मिलेमतोमानयाँअनुमतिपत्रलिई नाम समेत पविर्तन गरी सोहीहोटलमा क्यासिनो सञ्चालन गरेको पीडित मजदुरहरुको आरोप रहेको छ ।
उनीहरुले श्रम कार्यालयबाट मुद्दा जितिएको र अहिले मुद्दा सर्वोच्चअदालतमाहुँदाहुँदै नयाँक्यासिनो सञ्चालन(त्यो पनिनयाँनाममा) गर्नु गलतभएकोले तत्कालनयाँक्यासिनो खारेज हुनुपर्ने बताए ।कार्यक्रममापर्यटन मन्त्रालयकाप्रवक्ता र होटलतर्फबाट पनि एक जनाअधिकारीलाई निम्त्याईएको भएपनिउनीहरु नआएकोमा समितिले दुःखव्यक्त गरेको छ ।