दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

देउवा नेतृत्वको सरकारले गरेका सबै निर्णयहरु उल्ट्याउँदैनौं : अधिकारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ३, बिहीबार १२:१९

काठमाडौं-नेकपा एमालेका नेता एवम् प्रदेश नम्बर ३ का सांसद डा. रामकुमार अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारले देउवा नेतृत्वको सरकारले गरेका सबै निर्णयहरु नउल्टाउने स्पष्ट पारेका छन् ।उनले भने,‘सरकार भनेको पार्टीको हुँदैन्, यो त देश र जनताको हो नि, देउवा नेतृत्वको सरकारले गरेका राम्रा कामहरुलाई निरन्तरता दिन्छौं, सरकारले गरेका निर्णयहरु किन उल्टाउनुपर्यो र ?’
यद्धपी उनले कतिपय निर्णयहरु उल्टाउनुपर्ने केही भए ती निर्णयहरुबारे जष्टिफाई हेरिनेपनि जनाए ।

अधिकारीले थपे,‘जनउपयोगी र लोककल्याणकारी निर्णयहरुलाई निरन्तरता दिन्छौं, सरकार त नेपाल देशको हो नि, राम्रा निर्णयहरुलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता हो।’ अधिकारीले राजनीतिक रुपमा अब बन्ने सरकारलाई आर्थिक असर पार्ने उद्देश्यले वा नियतले गरेका निर्णयहरुमा भने नयाँ सरकारले पूनरावलोकन गर्न सक्ने बताए ।एमाले–माओवादीवीचको एकताले मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउने भएकोले एकताप्रति सबै जनता खुशी रहेको उनको विश्वास थियो ।

उनले भने,‘दुई पार्टीवीचको एकताले राजनीतिक अस्थिरताको अन्त्य समेत गरेको छ, अब सरकार दिगो हुन्छ, विकास निर्माणका कामहरुले गति लिन्छन्, मुलुकलाई समृद्ध बनाउने नै हाम्रो मुल उद्देश्य हो।’डा. अधिकारीले ओली नेतृत्वको सरकारले मुलुकमा विकास र समृद्धिको बहार ल्याउने र मुलुकको कायापलट गर्ने समेत विश्वास दिलाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु