ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

नेपालमा पनि को बन्छ करोडपति ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ४, शुक्रबार ०७:०२

काठमाडौं, (नेस)-प्रसिद्ध टेलिभिजन कार्यक्रम ‘हु वान्टस् टु बी मिलिनियर’ को आधिकारिक लाइसेन्स प्राप्त गरेको ‘को बन्छ करोडपति ?’ कार्यक्रम नेपालमा पनि प्रसारण हुने भएको छ। कार्यक्रम एपी वन एचडी टेलिभिजनमा एसआरबीएन मिडियाको सहप्रायोजनमा नेपाल आउन लागेको हो।

कार्यक्रमको प्रस्तोताको रूपमा महानायक राजेश हमाल हुने कम्पनीले जनाएको छ। यो कार्यक्रममा दर्ता खुलेपछि आईभीआर तथा एसएसएसद्वारा प्रतियोगी छानिन्छन् र तीमध्ये १० जना फास्टेस्ट फिंगरका माध्यमबाट छिटो जवाफ मिलाउने हट सिटमा पुग्नेछन्। खेलका बीचमा खेलाडी सहजताका लागि अडियन्स पोल, ५०–५० र फोन–अ–फ्रेन्ड गरी ३ वटा लाइफ लाइन उपलब्ध गराइने छ।

कार्यक्रममा सहभागी बन्न इच्छुकले मोबाइलको एप स्टोरमा उपलब्ध केबीसी नेपाल एप डाउनलोड गरी त्यसमा भएका प्रश्नोत्तर अध्ययन गर्न सक्नेछन्। एप खेल्दा पनि खेल्नेहरूले रकम तथा उपहार जित्न सक्ने एसआरबीएन मिडियाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु