नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

देशभर कान्छी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ४ गते, शुक्रबार ०७:१५

काठमाडौं-निर्मात्री तथा नायिका श्वेता खड्काद्वारा निर्मित फिल्म कान्छी आज शुक्रबारदेखि अल नेपाल रिलिज हुने भएको छ। काया फिल्म्स् प्रालिको प्रस्तुतिमा श्वेता खड्काद्वारा प्रस्तुत तथा शैलेश खड्काद्वारा निर्मित यो फिल्म पारिवारिक प्रेमकथाको सांगीतिक कथा भनिएको छ। यो फिल्मलाई नायक तथा निर्माता स्व. श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खड्काद्वारा निर्मित १०० दिन मनाउन सफल फिल्म कोहीनुरका निर्देशक आकाश अधिकारीले निर्देशन गरेका छन्।

प्रतिक्षित फिल्मका रूपमा हेरिएको फिल्ममा श्वेता खड्का, दयाहाङ राई, आशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिया, प्रज्वल सुजल गिरी, विनोद न्यौपाने, भूमिका श्रेष्ठ, रमेश अधिकारी, जयनन्द लामा, निर शाहलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। रविन खड्का सह–निर्माता रहेको फिल्ममा लेखन यम थापा, संगीत अर्जुन पोखरेल र राजनराज शिवाकोटी, नृत्य वसन्त श्रेष्ठ, द्वन्द्व हिमाल केसी, छायांकन पुरुषोत्तम प्रधान तथा सम्पादन वनिष शाह र भुपेन्द्र अधिकारीको रहेको छ।

यसको चरी चट्ट परी बोलको गीतले रिलिजअघि नै लोकप्रिय भएको छ। संगीतकार राजनराज शिवाकोटीको संगीत रहेको यो गीतले १ करोड बढी भ्युज पाएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु