रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

प्रदेश ५ को मन्त्रपरिषदको पहिलो बैठकले गर्यो यस्ता निर्णयहरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ४, शुक्रबार ०७:३१

बुटवल-प्रदेश ५ को मन्त्रपरिषदको पहिलो बैठकले उज्यालो प्रदेश कार्यक्रम घोषणा गरी दुई वर्षभित्र सबै गाउँमा विजुली पुर्‍याउने निर्णय गरेको छ ।शुक्ररबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सिफारिसमा एमाले सा‌ंसद  रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए ।

मन्त्रपरिषदको पहिलो बैठकले गरेका  निर्णयहरु:

1. दुई वर्षभित्र सबै गाउँमा विजुली पुर्‍याउने,

2. दुई वर्षभित्र सबै गाउँमा पिउने पानी पुर्‍याउने,

3. स्तरी सडक निर्माण गर्ने निर्णय,

4. ५ वर्षभित्र क्यान्सर, मुटुरोग र मिर्गौला उपचारका लागि अत्याधुनिक सुविधासम्पन्न उपचार केन्द्रको स्थापना गर्ने,

5.  वर्षभित्र प्रदेशमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने,

6. सरकारको कार्यसम्पादनलाई छिटो छरितो र जनताप्रति उत्तरदायी बनाउन विद्युतीय सुशासन प्रणाली सुरु गर्ने,

7. ५ वर्षभित्र अन्तर्राष्ट्रिय खेलमैदान निर्माण गर्ने  ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु