तिलोत्तमा – तिलोत्तमा व्यापार संघले प्रस्तावित रेलमार्गको स्थान परिवर्तनका लागि पुन सर्भे गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।राष्ट्रिय आयोजनाहरुको कार्यान्वयनमा देखिएको यस्तो किसिमको अपरिपक्क निर्णयबाट आगामी दिनमा राष्ट्रिय गौरवका आयोजना कार्यन्वयनमा थप जटिलता उत्पन्न हुन सक्ने भन्दै सरकारलाई सचेत गराएको छ ।
संघका अध्यक्ष झबिन्द्रप्रसाद कंडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘बिगतमा सर्बेको काम पुरा भई नक्सा समेत तयार भएको अवस्थामा बिना सूचना र बिना कारण हाल आएर पुन सर्बे गर्ने नाममा ठाउं परिवर्तन गरि तिलोत्तमा नगरपालिका वार्ड नम्बर १ र ४ हुंदै रेलमार्गको सर्बे गरेको कार्यप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ’ ।विज्ञप्तीमा पूर्ववत निर्णयहरुलाई फेरबदल गर्दै जांदा आमनागरिकमा नकारात्मक सन्देश प्रवाह हुने भन्दै हरेक आयोजनाहरुको कार्यान्वयनमा बिधि सम्वत रुपमा अघि बढाउनुपर्ने |
पूर्ववत निर्णयमा सरकार अडिग रहनुपर्नेमा जोड दिइएको छ ।साथै बिशेष कारणबश ठाउं परिवर्तन गर्नुपर्ने जटिल परिस्थित उत्पन्न भएमा आम नागरिकलाई चित्तबुझ्दो कारण सहित प्रयाप्त क्षतिपूर्ती उपलब्ध गराउन पनि संघले सरकारसंग माग गरेको छ ।