एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

ब्राम्ह्ण वाहुल्य गाउँमा शिक्षाको ज्योति छर्ने दलित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ४ गते, शुक्रबार ०७:५०

प्रेम सुनार,गुल्मी – दलित समुदायहरु शिक्षा दिक्षामा खासै चाहना राख्दैनन् भन्ने हाम्रो ग्रामिण समाजको मान्यता थियो । आज भन्दा केहि वर्ष अघि सम्मको त्यही मान्यता गलत सावित गरी दिएका थिए गुल्मी अर्खले भुवनपानी गाउँका स्वर्गिय छविलाल बिश्वकर्माले । त्यो पनि आज भन्दै झण्डै ७० वर्ष अघि विश्वकर्माले ब्राम्हण समुदायको वाहुल्य रहेको त्यस गाउँमा एक्लेले विद्यालय स्थापना र शिक्षकलाई समेत आफैले तलव खुवाएर २००६ सालमा पहिलो पटक त्यहाँका वालवालिकालाई पठन पाठनको सुविधा उपलव्ध गराएका थिए ।

२००६ साल देखि लगतार २०१० साल सम्म एक्लैले प्राथामिक तह सम्मको विद्यालय चलाएका बिश्वकर्मालाई त्यस पछि भने सवै गाउँवासीले साथ दिएका थिए । २०२९ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट जनसहयोग प्राध्यामिक विद्यालयका रुपमा सम्बोधन भए पछि क्रमशः निमावि हुँदै अहिले माध्यामिक विद्यालय बनेको हो ।

स्वर्गिय बिश्वकर्मालाई त्यस विद्यालयले संस्थापकका रुपमा सम्मान र स्मणरण गर्ने गर्दछ । उनैं सस्थापक विश्वकर्मालाई हालै सम्पन्न ४५ औं वार्षिकोत्सवको अवसरमा शव्द सम्मान अर्पण गरियो । श्रीपाली थरका उनका छोरा नातीहरुले त्यस अवसरमा स्वर्गिय पिता हजुर वुवाको स्मृतिमा त्यहाँका सम्पुर्ण दलित विद्यार्थी र अन्य समुदायका गरिव जेहेन्दार १ सय ९० जना विद्यार्थीहरुलाई कापी कलम लगायतको शैक्षिक सामग्री प्रदान गरेका छन् । स्वर्गिय बिश्वकर्माको स्मृतिमा त्यस विद्यालयमा नयाँ वर्षको अवसरमा प्रवेशद्धार निर्माण लगयातका विभिन्न कार्य पनि अगाडी बढाईने उनका पलाती राजन श्रीपालीले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु