एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

व्यावसायिक बन्दै पाल्पाको छुर्पी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ४ गते, शुक्रबार ०८:०१

पाल्पा-पाल्पामा छुर्पी खाउँ, सुर्ती हटाउँ भन्ने अभियानका साथ पाँच वर्षअघि उत्पादित छुर्पीले व्यावसायिक रुप लिन थालेको छ । पाँचवर्ष अघिसम्म छुर्पी उत्पादन नहुने जिल्ला पाल्पामा वार्षिक सात मेट्रिक टन जिल्ला बाहिर निर्यात हुँदै आएको छ । छुर्पीका लागि इलाम र पाँचथर नमूना जिल्ला मानिँदै आएपनि पछिल्ला वर्ष यहाँ उत्पादित छुर्पीले पाल्पाली पहिचान बनाउन सफल बनेको छ । पाल्पामा उत्पादित छुर्पी नेपालकै उत्कृष्ट मानिएकाले यसको माग स्वदेश तथा विदेशमा समेत रहेको बताइएको छ ।

जिल्ला पशुसेवा कार्यालय, पाल्पाका प्रमुख डा. प्रदीप शर्माका अनुसार जिल्ला सदरमुकाम तानसेनमा रहेका श्रीनगर दुग्ध डेरी र गोरस घरमा उत्पादित छुर्पी नेपालकै उत्कृष्ट मानिन्छ । प्रशस्त दूध उत्पादन हुन थालेपछि पाल्पामा ठूलो मात्रामा छुर्पी उत्पादन गर्नाले दूधको खपत बढेको हो । किसानले उत्पादन गरेको दूध उपभोक्तामा वितरण गरेपछि बाँकी रहेको दूध खेर फाल्न नपरोस् भनी डेरीले छुर्पी उत्पादन गर्न थालेपछि नाम र दामसमेत कमाउन सफल भएको छ ।

व्यावसायिक रुपमा उन्नत गाईपालन गर्न थालेपछि दुग्ध डेरी छुर्पी उत्पादनप्रति आकर्षित भएका छन् । वार्षिक रु ४५ लाखको छुर्पी पाल्पा बाहिर निर्यात हँुदै आएको छ । हाल रु एक करोड ४० लाखको छुर्पी अझै स्टकमा रहेको श्रीनगर दुग्ध डेरीका सञ्चालक रोमकान्त न्यौपानेले बताउनुभयो ।छुर्पीको लौरालाई रु ८०० र काटेको छुर्पीलाई रु ९०० प्रतिकिलोमा बिक्री गर्न बाध्य भएको डेरीका सञ्चालन रोमकान्त न्यौपानेले बताउनुभयो ।

इलामको फिक्कलमा करिब एक महिना छुर्पी बनाउने तरिका सिकेर आएपछि दैनिक दुई हजार १०० लिटरभन्दा बढी दूधको छर्पी उत्पादन हुँदै आएको उहाँको भनाइ छ ।पाल्पामा छुर्पी खाउँ, सुर्ती हटाउँ भन्ने अभियानका साथ उत्पादित पाल्पाली छुर्पी स्याङ्जा, पोखरा, बागलुङ, काठमाडाै, रुपन्देही, नवलपरासी र नारायणघाटमा खपत हुँदै आएको छ । जिल्ला पशुसेवा कार्यालयले जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने कार्यक्रम विगतका वर्षमा सञ्चालनमा ल्याएपछि पाल्पा जिल्लाका दुग्ध डेरीले छुर्पी बनाउन थालेको कार्यालयका प्रमुख डा. प्रदीप शर्माले बताउनुभयो ।

पाल्पामा उत्पादित सात मेट्रिक टन छुर्पी जिल्ला बाहिर खपत हुँदै आएको शर्माले बताउनुभयो ।जिल्ला पशुसेवा कार्यालयले जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने कार्यक्रम विगतका वर्षमा सञ्चालनमा ल्याएपछि पाल्पा जिल्लाका दुग्ध डेरीले छुर्पी बनाउन थालेसँगै २० जनाभन्दा बढीले डेरीमा नै रोजगार पाउन सफल भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु