नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिक

गहुँको जमराको जुसः किन, कसरी र कहिले पिउने ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ४, शुक्रबार ०८:१०

सजिलै बनाउन सकिन्छ, धेरै खर्च पनि लाग्दैन, बनाउन समय पनि लाग्दैन । यद्यपी त्यसबाट स्वास्थ्यमा भने चमत्कारिक लाभ मिल्छ । यो हो, गहुँ को जमराको जुस ।हामीले दशैंमा जसरी जमारा उमार्छौ, ठिक उसैगरी गहुँ को जमरा उमार्न सकिन्छ । यसलाई प्रकृतिको अनमोल देन मानिन्छ किन ?

किनभने यो अमीनो एसिड, इन्जाइम, भिटामिन र प्रोटिनको राम्रो स्रोत हो । यी पोषक तत्वले शरीरको मृत्त कोशिकालाई पूनर्जीवन दिन्छ र पीएच लेभल सन्तुलित राख्छ ।भेज वा ननभेज खानुभन्दा बढी गुणकारी एवं फाइदाजनक हुन्छ, गहुँ को जमराको जुस । यसले शरीरमा अक्सिजनको कमी पुरा गरेर शक्ति प्रदान गर्छ । यसले कमजोर हटाउँछ । शरीरको उर्जा बढाउँछ ।

के छ त यसको फाइदा ?

छालालाई जवान राख्ने – छालालाई जवान, चम्किलो, मुलायम राख्नका लागि गहुँ को जमराको जुस एकदमै प्रभावकारी हुन्छ । किनभने यसमा प्राकृतिक न्यूटि्रशन र एन्टि अक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ । यी तत्वले शरीरमा बुढोपन आउन दिदैन । नियमित रुपले यो पेय पिउँदा छाला हाइड्रेट रहन्छ । छालाको दाग, धब्बा पनि हट्छ । चाहुरीपन हट्छ ।

केसलाई कालो र स्वस्थ्य बनाउँछ – समय नपुगी कतिको केस फुल्ने गर्छ । हाँगा फाट्ने, रुखो हुने, झर्ने समस्या पनि धेरैले झेलिरहेका हुन्छन् । यदि दिनहुँ गहुँ को जमराको जुस पिउने हो भने केसका यी तमाम समस्या हट्छ ।होमोग्लोबिन बढाउँछ – गहुँ को जमराको जुसले शरीरमा रक्त संचार प्रक्रिया चुस्त बनाउँछ । यसले शरीरमा नयाँ रगत बनाउँछ र पुरानो रगत विस्थापित हुन्छ ।

साथै शरीरमा हेमोग्लोबिनको मात्रा पनि बढाउँछ ।ब्लड शुगर नियन्त्रण गर्छ- मधुमेह नियन्त्रणका लागि पनि गहुँ को जमराको रस पिउनुपर्छ । यसले रगतमा ग्लूकोजको मात्रा नियन्त्रण गर्छ ।क्यान्सरको उपचार- गहुँ को जमराको जुसमा क्यान्सर प्रतिरोधी क्षमता हुन्छ । यसमा रहेको क्लोरोफिलले क्यान्सरको कोशिकालाई बढ्न दिदैन ।

किमोथेरापी वा रेडियोथेरापीको क्रममा पनि यस्तो रस पिउन सल्लाह दिइन्छ ।कब्जियतको उपचार- कब्जियतको समस्या झेलिरहेकाहरुले पनि गहुँ को जमराको जुस सेवन गर्न सक्छन् । यसले शरीरको पाचन क्रिया चुस्त राख्छ ।

अन्य लाभ

  • पोलेको वा काटेको घाउमा गहुँ को जमराले औषधीको काम गर्छ ।
  • गलाको कुनैपनि इन्फेक्सन क मगर्न यो उपयोगी हुन्छ ।
  • उच्च रक्तचापका रोगीहरुले नियमिन रुपमा जौको जमराको जुस पिउनुपर्छ ।
  • यसले मोटोपन नियन्त्रण गर्न पनि सहयोग गर्छ ।

कहिले पिउने ?

  • यो जुस पिउनका लागि कुनै निश्चित समय हुँदैन । तर, यो जुस पिउनुभन्दा आधा घण्टा अघि वा पछि खानपिन गर्नु हुँदैन ।
  • बिहान खाली पेटमा गहुँ को जमराको जुस पिउनु बढी फाइदाजनक हुन्छ ।
  • चिसोमा, रुघामा, टाउको दुखेको बेला, पखला लागेको बेला, कब्जियत हुँदा गहुँ को जमराको जुसले फाइदा

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु