• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    केकी बिनोदको ‘अब मन सँग मन’, मन पराउँने को को छन् ?( भिडियो)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार ०८:३०

    चलचित्र ‘कोहलपुर एक्सप्रेस’को दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । प्रणय दिवसको  अवसरमा दर्शकलाई उपहार स्वरूप ‘अब मनसँग मन’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको छ भने सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ । भिडियोलाई गम्भीर बिस्टले कोरियोग्राफी गरेका हुन् । यस अघि या चलचित्रको पहिलो गीत स्वरूप ‘सी ओ डब्लु काउ’ सार्वजनिक भएको थियो । राजनराज सिवाकोटीको शब्द, सङ्गीत र स्वरमा रहेको उक्त गीतले निकै चर्चा पाएको छ । रोमान्टिक गीतमा भने चलचित्रका मुख्य कलाकार केकी अधिकारी र विनोद न्यौपाने फिचर छन् ।

    विशाल भण्डारीको निर्देशन रहेको कोहलपुर एक्सप्रेसलाई नायिका केकी अधिकारीले निर्माण गरेकी हुन् । चलचित्रमा केकीको साथै विनोद न्यैपाने, ऋचा शर्मा, प्रियंका कार्की, बुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा कथा निर्देशक भण्डारीको नै हो । अर्जुन तिवारीको छायाङ्कन रहेको चलचित्रका निर्माताहरू भद्रबहादुर शाही, देवीलाल न्यौपाने (पण्डित), शिवप्रसाद चौलागाई हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु