डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

जिल्ला फुटबल संघ रुपन्देही: २० औँ तिलोत्तमा गोल्डकप हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ४, शुक्रबार ०९:०४

रुपन्देही-तिलोत्तामा गोल्डकपको २० औँ संस्करणको लागी सम्पूर्ण हुने भएको छ । फागुन २४ गते देखि हुने प्रतियोगिता चैत्र ३ गते सकिने छ ।जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा बिगतका वर्षहरुमा जस्तै यो वर्ष पनि तिलोत्तमा गोल्डकप सञ्चालन हुन लागेको शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।नेपाल र भारतका गरी कुल १० टोली सहभागी रहने प्रतियोगिताको बिजेताले रु. ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहिद गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने प्रतियोगिताको द्वितिय पुरस्कार ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ रहेको संघका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार) ले जानकारी दिए ।

प्रथम पुरस्कार ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ

बुटवल ११ देवीनगरस्थित एन्फा टेक्नीकल सेन्टरमा हुने प्रतियोगिको कुल लागत ८६ लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा भारतको दुई टिम, भुटानको एक सहित नेपालका १३ वटा ए डिभिजनका क्लबहरु सहभागी हुने छन् ।प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाईकल, उत्कृष्ट विधागततर्फ ( डिफेन्डर, गोलकिपर, मिडफिल्डर, फरवार्ड, कोच) लाई जनही २१ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिने आयोजकले जानकारी गराएको छ ।

संघले अघिल्लो संस्करणको पुरस्कार रासि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ बाट बढाएर ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँमा पुराएको जिल्ला फुटबल संघका उपाध्यक्ष भूपेन्द्र बहादुर क्षेत्री (हरि) ले जानकारी दिए ।प्रतियोगिताको १९ औँ संस्करणको बिजेता सिएमजी संकटा क्लबले उपाधि सहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको थियो भने उपविजेता बनेको त्रिभुवन आर्मी कलबले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँमा मा चित्त बुझाएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु