एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

मोबाइल छ, तर टावर नै आउँदैन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ४ गते, शुक्रबार ०९:४०

चन्द्रौटा -अहिलेको अवस्थामा प्रत्येक घरमा एउटा मोवाइल हुने गर्दछ । कतिपय घरहरूमा त सबै सदस्यको हातहातमा मोवाईल हुने गर्दछ । यस्तै कपिलवस्तु, अर्घाखाँची, दाङ जिल्लाको सिमानाका पर्ने धानखोलामा प्रायः सबै घरमा मोवाइल छ तर त्यहाँ टावरले काम गर्दैन । स्थानीयहरू संचारको पहुँचबाट धेरै टाढा रहेको देखिन्छ ।गाई भैसी पाल्ने, सामान्य पसल, होटलहरू संचालन यस गाउँका स्थानीयहरूले गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वाड नं. १ र ९ यही बस्तीमा पर्ने गर्दछ ।

त्यहाँ बुद्धिजीवीहरूले संचारको माध्यम हुनुपर्छ भन्ने माग राखे पनि कसैले वास्ता गरेको छैन । त्यो ठाउँमा विकास हुन्छ कि भनेर अझै पनि बसाइ सरी आउने गर्दछन् । कपिलवस्तुको चन्द्रौटाबाट करिब १५ किलोमीटर दुरीमा रहेको ठाउँका स्थानीयहरू मोवाईलमा टावर नआउँदा समस्या भोगिरहेका छन् ।यस गाउँका स्थानीयहरू सामाजिक संजाल तथा ईन्टरनेटको पहुँचबाट टाढा रहेका छन् । समस्यालाई विभिन्न निकायसम्म पनि स्थानीयहरू नपुराएका होइनन् तर बेवास्ता गर्दा यस्तो समस्या बाट ग्रसित रहेका छन् ।

फोन गर्नको लागि १० किलोमिटर जानुपर्ने समस्या रहेको स्थानीय दिनेश पुनले बताए । पुनले भने– “यस गाउँको मुख्य समस्या नै टावरको हो यसमा कसैको ध्यान जान सकेको छैन, मैले धेरै ठाउँमा गएर यो समस्या सुनाएँ तर अहिलेसम्म समाधान भएको छैन ।”गाउँमा करिब ८० घरधुरी रहेका छन् । अधिकांश घरहरूमा मोवाईल रहेका छन् । मोवाईललाई गीत सुन्नको लागि मात्र प्रयोग गर्ने गरेको स्यानीय राजकुमार रानाले बताए । ‘घाँस दाउरा जाँदा गीत सुन्नु बाहेक केही काम छैन मोवाइलको’, रानाले थपे ।

कसैलाई फोन गर्न परे माथि डाँडातिर या भालुवाङ, चन्द्रौटा पुग्नुपर्ने समस्या रहेको रानाले गुनासो पोखे । उता भर्खरै चुनावमा जिताएर पठाएका नेताहरू पनि यस ठाउँमा संचारको पहुँच हुनुपर्छ भन्ने कुरा विभिन्न कार्यक्रममा राख्दै आएका छन् ।धानखोलामा संचारको पहुँच पु¥याउनु पर्छ, त्यसको पहल र विभिन्न बैठकमा कुरा उठाएको शिवराज नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष जीवन खड्काले बताए । कपिलवस्तुको ऐतिहासिक ठाउँसमेत रहेको धानखोलामा मोवाइल तथा संचारको पहुँच नहुनु दुखद कुरा रहेकोले त्यसको लागि जस्तोसुकै कादम चाल्नु परे पनि तयार रहेको खड्काले जनाए ।

त्यस्तै शिवराज नगरपालिकाका प्रमुखलगायतको टिमसँग यो विषयम विशेष छलफलसमेत भएको अध्यक्ष खड्काले दावी गरे । त्यस्तै शिवराज नगरपालिकाले पनि नगरभित्रका सबै टोल टोलमा संचारको पहँुच पु¥याउन प्रतिबद्ध रहेको जनाएको छ ।नगरका प्रमुख नेत्रराज अधिकारीले धानखोलाको विषयमा महत्वपूर्ण समस्या रहेकोले यसलाई नगरपालिकाले नेपाल टेलीकम एनसिएल लगायतसँग समन्वयन गरी समस्या समाधान गर्ने बताए । कपिलवस्तुसँगै छिमेकी जिल्ला दाङ अर्घाखाँचीले पनि यस विषयलाई गम्भीर रूपमा लिई समाधान गर्नुपर्ने देखिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु