‘पूरानो सुट ल्याउनुहोस्, नयाँ सुट लिएर जानुहोस्’ बम्पर योजनाको उद्धघाटन्

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ४ गते, शुक्रबार ११:४८

काठमाडौं-सुट बैंक एण्ड फेशन डिजाईन प्रा.लिले ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लिएर जानुहोस्’ नामकनयाँबम्पर योजना सार्वजनिक गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमाविशेष पत्रकार सम्मेलनगर्दै उक्तप्रा.लि.ले यस्तो बम्पर योजना सार्वजनिक गरेको हो |प्रा.लि.काअध्यक्षभोजराजसिवाको सभापतित्वमाआयोजितउक्तकार्यक्रममाशिक्षाविद् एवम् समाजसेवीतथामहिला नेतृ गीता राणा र रिपोर्टर्स क्लब नेपालका सभापतिऋषिधमलाले संयुत्तः रुपमाउक्तबम्पर योजनाको उद्धघाट्न गरेकाहुन् ।

फेशन डिजाईनिङ् क्षेत्रमाविगत डेढ दशकदेखि सेवारत उक्त संस्थाले ग्राहकहरुको चाहनाबमोजिम पूरानो सुटलाई बजार व्यवस्थापन र नयाँ डिजाईनको सुट अर्डर गर्न सजिलो होस् भन्ने उद्देश्य राखि यो योजना सार्वजनिकगरिएको अध्यक्षसिवाले जानकारी दिए ।कार्यक्रममाबोल्दै गीता राणाले सुटको कपडाआयातमा भ्याट र सुट तयार हुँदापनि भ्याट लगाउने गरिएकोले नेपालीव्यवसायीहरु दोहोरो मारमा परेको बताईन् । उनले भनिन्,‘यहीकारणले गर्दा छिमेकीमुलुकभारत र चीनसँगव्यापार प्रतिष्पर्धा गर्न सक्ने अवस्था छैन् ।’

त्यस्तै उनले विदेश पलायनभएकायुवाहरुलाई स्वदेशमै फर्काउनको लागिसरकारले आर्कषक योजनाहरु ल्याउनुपर्ने पनि सुझावदिईन् । उनले स्वदेशमै यद्योग खोल्नुपर्ने र रोजगारी सिर्जनागर्नुपर्ने बताईन् ।राणाले सुट ब्यांकले अघि सारेकोकार्यक्रमहरु धेरै राम्रो भएकोले यीनलाई निरन्तर अघि बढाउनुपर्ने सुझावदिईन् ।त्यस्तै कार्यक्रममा नेपाल ईन्भेष्टमेन्ट फोरमकाअध्यक्षअम्बिकाप्रसादपौडेल पनियस्ता खाले कर्यक्रमले नेपाली अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास दिलाए । उनले भने,‘योविकल्पअवधारणा हो, यसलाई प्रर्वद्धन गर्नको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग पुर्याउनुपर्छ।’

कार्यक्रममारिपोर्टर्स क्लब नेपालका सभापतिऋषिधमलाले यो कार्यक्रमअत्यन्तै नयाँ र सुट पारखीहरुको मन जित्ने खालको भएकोले यसले नेपाली अर्थतन्त्रमा राम्रो सहयोग पुर्याउने विश्वास दिलाए । उनले भने,‘यो स्किम राम्रो छ,यसले नेपालीहरुको मनलाई छोएको छ।’
धमलाले ड्रेस–अपले व्यत्तित्वझल्काउँने भएकोले नेपाली फेशन ईण्डष्ट्रिजमा सुट बैंक एउटा विकल्पभएको सुनाए । उनले भने,‘अहिले सुट बैंकले अघि सारेको यो स्किमले त साधारण मान्छेले पनि सुट लगाउन सक्ने भएको छ, पूराना सुटहरु ल्याएर नयाँलिएर जानुहोस् । त्यसमालाग्नुहोस्, यो सुट मेलाले राम्रो सन्देश प्रवाह गरेको छ ।’

उनले विश्वकाचर्चित व्यक्तिहरु जस्तो अमेरिकाकापूर्व राष्ट्रपति बाराकओबामा र भारतीयप्रधानमन्त्रीनरेन्द्र मोदीको व्यक्तित्व ड्रेस–अपले व्यक्तित्वमाझनै ठूलो महत्वथपेको बताउँदै भने,‘त्यसैले सुटप्रति नेपालीहरुको पनिअहिले बढ्दो झुकाव देखिएको छ, यो मेलालाई पनिहामी सबैले सहजीकरण गर्नुपर्छ ।’कार्यक्रममा परियार सेवा समाजका केन्द्रियअध्यक्षएवम् पूर्व मेजर बलबहादुर सुन्दासले पनि यो पेशामा आवद्ध व्यवसायीहरुलाई राम्रो तालिमदिएर अघि बढाईयो भने देशको अर्थतन्त्रमा टेवापुग्ने नेपालीहरुको व्यक्तित्वमापनिफाईदा पुग्ने विश्वास दिलाए ।

उनले पनि यो बम्पर योजना नेपाली सुटको ईतिहाँसमै पहिलो भएकोले यसलाई सफलबनाउन सबैले साथ र सहयोग पुर्याउनुपर्नेमाजोड दिए ।
त्यस्तै पूर्व सिडिओ चिरञ्जिविथापाले सुरुवात सानै कामबाट गर्नुपर्ने भन्दै सुट बैंकले अघि बढाएका कार्यक्रमहरु लोकप्रियहुने विश्वास दिलाए । उनले भने,‘यो कार्यक्रमले चमत्कार गर्न सक्छ, आर्थिक प्रगतिहाँसिलगर्नको लागियसले टेवा पुर्याउँछ।’

प्रालिले उक्तबम्पर योजनाअन्र्तगर्त ‘पूरानो सुट ल्याउनुहोस्, नयँ सुट लिएर जानुहोस’ भन्ने कार्यक्रमआवश्यक पर्यो भन्ने सन्दर्भमा यस्तो कुरा बताएको छ,‘अधिकांशव्यक्तिहरुसँग केही न केहीजोर सुट स्टक हुने सामान्यहो, तर बजारमानयाँनयाँ डिजाईनकाकोट तथा सुटको उत्पादनआउनथालेपछि ती पूराना सुट तथाकोटहरु आफ्नो घरको आफ्नो दराजमाथन्किएको रुपमामात्रै हुने भएकोले त्यो सुट तथाकोटलाइ सुट बैंकमाल्याएर नयाँ डिजाईनको कोट तथा सुट लिएर जान सक्नुहुनेछ।

त्यसको उचितबजार व्यवस्थापनको लागिकोट तथा सुटको गुणस्तर हेरी मुल्यांकनगरिनेछ। नयाँ सुट तथाकोटको प्रयोगकालागिआर्थिक रुपमाग्राहकवर्गलाई सहजहोस् भन्ने उद्देश्यले ग्राहकको पूरानो कोट तथा सुट समस्यानभई अवसर बन्न सक्छ भन्ने योजनाको साथअतिउपयोगीकार्यक्रमको रुपमा हुन्छ भन्ने आवश्यकत्ता देखेर यो कार्यक्रमल्याईएको हो।’

प्रालिकाअनुसार ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लैजानुहोस’ योजना सफलबनाउन ३ जोर सुट बनाउने ग्राहकलाई एउटा लक्की ड्र कुपनदिईनेछ । जसमाचार पांग्रे गाडी उपलब्ध गराईनेछ, र जुन १५०० वटालक्की ड्र कुपनमा एउटा गाडी उपलब्ध गराईने पनिआयोजकले जनाएको छ ।कार्यक्रममा फेशन डिजाईनर समेत रहेकीउक्त सुट बैंककीप्रवन्धनिर्देशकआकृतिसिवा र सञ्चालिकाकल्पनासिवाको पनिउपस्थितिथियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु