पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

फोहर मैला व्यवस्थापनमा इजरायलको चासो । (फोटो फिचर)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते, शनिबार ०३:२०

काठमाण्डौ -काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य इजराायलको एक साता लामो भ्रमण पुरा गरि हिजो स्वदेश फर्किएका छन । प्रमुख शाक्यलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा महानगरपालिकाकी उप प्रमुख हरि प्रभा खडगी श्रेष्ठले स्वागत गर्नु भएको थियो । त्रिभुवन विमानस्थलको अति बिशिष्ट कक्षमा पत्रकारहरुmाई सक्षिप्त प्रतिक्रिया दिंदै प्रमुख शाक्यले इजरायलसंग प्रविधिमा व्यवसायिकता बढी रहेको बताउँदै आफनो देश नेपाल सम्पदा तथा प्राकृतिक रुपले धनी रहेको बताउनु भयो ।

सोहि क्रममा प्रमुख शाक्यले गर्न सके हामी पनि अघि बढछौ बताउँदै इजरायलीहरु बढी मेहनती र लगनशील भएकाले अघि बढेको बताउनु भयो । यसैगरी प्रमुख शाक्यले आफनो इजरायल भ्रमणका क्रममा काठमाण्डौको फोहर मैला व्यवस्थापन बारे एउटा कम्पनीसंग कुरा भएको बताउंदै उनीहरुलाई आफनो देशमा अध्ययन अनुसन्धानका लागि आमन्त्रण गरिने बताउनु भयो । यसैगरी सोही टोलीमा रहनु भएका काठमाण्डौ

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले काठमाण्डौ महानगरपालिकालाई स्मार्ट सिटी बनाउने आधारभुत परिपुर्ति गरि त्यसलाई कायान्वयन गरिने बताउनु भयो ।
इजरायलको राजधानी जेरुसेलेममा फेब्रुअरी ११ देखि १५ सम्म सम्पन्न ३२ औं अन्तराष्ट्रिय मेयर सम्मेलनमा भाग लिएर प्रमुख शाक्य हिजो काठमाण्डौ फर्कनु भएको हो ।


इजरायल भ्रमणकै क्रममा प्रमुख शाक्यले इजरायलका लागि नेपालका राजदूत निरन्जन थापासंग पनि भेटवार्ता गर्नु भएको थियो ।
प्रमुख शाक्य इजरायलको जेरुसलेममा आयोजित अन्तराष्ट्रिय मेयर सम्मेलनमा भाग लिन गत शनिवार माघ २८ गते इजरायलत तर्फ जानु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु