दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

दिपक–दिपा प्रेममा, दिपाले गरिन् खुलासा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते, शनिबार ०८:२५

सुरक्षा भट्टराई/काठमाडौँ-दुई दशकअघि रेडियो नेपालमा धनियाँ र रामबिलासको नामबाट चर्चित भएको दिपकराज गिरी र दिपाश्री निरौलाको जोडी अहिलेसम्म छुटेको छैन । रेडियो हुँदै टेलिसिरियल र चलचित्रसम्म पुगिसकेका यी दुई सधैं साथमै छन् । रेडियोमा छँदैदेखि यी दुईलाई प्रेमी प्रेमिका भनिन्थ्यो ।दुई दशक बित्यो । यो अवधिमा दिपकले विवाहमात्र गरेनन् उनका छोरासमेत लक्का जवान भइसकेका छन् । तर, दिपा भने अझै पनि अविवाहित नै छिन् । दर्शक स्रोताले प्रेमी प्रेमिका भने पनि यी दुईले यो कुरा कहिल्यै स्वीकार गरेनन् ।

उनीहरुले आफूहरु राम्रो साथी र पेशामा सहकर्मी भएको बताउँदै आए ।  तर, पछिल्लो समय कहानीमा ट्वीस्ट आएको छ । प्रेम दिवसको दिन दिपाश्रीले एक मिडियालाई दिएको अन्तरवार्तामा दिपकलाई ‘कृष्ण’ र आफूलाई ‘राधा’ भनिन् ।‘राधाकृष्ण’ त्यो शास्त्रीय जोडी हो जसलाई अहिले नेपाली समाजमा ‘प्रेममा डुबेका जोडी’को उदाहरण दिन प्रयोग गरिन्छ । यो अर्थमा बुझ्ने हो भने यी दुवै प्रेममा रहेको खुलासा हुन्छ । शास्त्रमा उल्लेख भएअनुसार भगवान श्रीकृष्ण र राधा प्रेमी–प्रेमिका हुन् ।

रोचक संयोग त के भने भगवान श्रीकृष्ण जसरी पहिल्यै रुक्मिणीसँग विवाहित हुँदाहुँदै राधासँग प्रेममा थिए, दिपक पनि पहिल्यै विवाहित छन् ।यो सबै संयोग मात्र हो वा अरु केही त्यो भने दिपक–दिपा नै जानुन् । अन्तरवार्तामा दिपाले दिपकको केही जिम्मेवारी भएको र त्यसबाट हात झिक्न नमिल्ने बताएकी छिन् । के त्यो जिम्मेवारी दीपकको विवाहित परिवार हो ? यसको खुलासा भने दिपाले गरिनन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु