बाबुशरण (शरण ) सेफको संघर्ष पुर्ण होटल यात्रा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ६ गते, आईतवार ०७:४२

काठमाण्डौ -ललितपुरको कुपन्डोलमा पिता राम बहादुर र माता तनमाँया श्रेष्ठको पुत्रको रुपमा वि.स.२०३२ सालमा जन्मनु भएका बावु शरण श्रेष्ठ गोर्खा हुदै हाल चितवन जिल्लाको स्थायी बासिन्दा हुनुहुन्छ । श्रेष्ठ चार वर्षको हुदा खेरिनै आमाको निधन भएकोमा नेपाली सेनामा कार्यरत पिताको साथ र कहिले गोरखखाको विभिन्न विद्यालय हुदै काठमाण्डौको कन्या माविबाट एस.एल.सि। पास गर्नु भयो त्यस पछि उनले क्याम्पसमा अध्ययन संगै होटलमा भाडा माझने काम पनि संगसंगै गरे । त्यो समयमा उनले होटलमा भाडा माझे वापत मासिक रु २ सय ६० रुपैया पारिश्रमिक पाँउथे । उनले होटलमा काम गरेकै समयमा एक होटल मालिक र सेफबिच झगडा भयो ।


सेफ होटल छोडेर गए । पछि ती सेफ नआए पछि त्यँहा आउने विदेशी पाहुनाहरु प्नि आउन छाडे । पछि होटलका साहु आफै गएर ती सेफलाई लिएर आए । होटलको सोघटनाले उनलाई सेफ भनेको त होटलको मेरुदण्डनै रहेछ भन्ने लाग्यो र मन मनै आफु पनि एकदिन सेफ हुने अठोट जाग्यो ।उनले होटलमै भांडा माझदै कुकहरुको नजिक हँदुदै कुक सम्बन्धी पुस्तकहरु पनि पढन थाले ।ठुलो मेहनत कडा परिश्रम को सुख दुख लाई भुलेर २४साल सम्म यसै पेशालाई निरन्तरताको साथ हाल उनी चितवनमा रहेको होटल ग्रिन पार्क चितवनमा प्रमुख सेफ रुपमा कार्यरत छन ।

उनै एक्जुकेटिभ सेफ बावुशरण श्रेष्ठसंग गरिएको कुराकानी :

तपाईले पहिला काम गर्दाको अवस्था र अहिलेका अवस्थामा के फरक छ ?

धेरुे फरक आएको छ । शुरु शुरुमा होटलमा काम गर्ने भने पछि मुगलिनको भात होटलमा काम गर्ने सोच्दथिए । अहिले त हरेक बावु आमाको सोचनै होटल मेनेज्मेन्ट तिरै हो । तपाँईले कुन कुन होटलमा काम गर्नु भयो ? जीवनमा धेरे संघर्ष गर्दै चिन ,इराक गलफ लगाएत नेपाल मा कोइला लन्ज बार , मार्कोपालो विजनेश होटल, आंगन होटल टे्रनिङ्ग सेन्टर, क्याफे लाभा , एसिएन भिलेज रेष्टुरेन्ट पार्क, गौतम होटल, वालिभ ग्रुपजस्तो कम्पनी हुदै नाम चलेको हुदै हाल होटल ग्रिन पार्क चितवनमा आइपुगेको छु ।

तपाईं मुख्यतया कस्ता प्रकारका खाना बनाउनु हुन्छ ?

म सबै जसो खाना बनाउछु टिपिकल नेपाली ,अरवियन,नथ इन्डियन ,इन्डियन तन्दुरी,जापनिज,रसियन ,इटालियन कन्टिनेटल,चाहिनिज,म्याकियन बरिस्टा जस्ता खाना बावुशरण सेफलाई.

यो क्षेत्रमा काम गदै गदा कस्तो कुरामा सन्तोष हुनुहुन्छ ?

मलाइ जतिधेरै पाहुनाहरुलाई सेवा दिन पायो उतिधेरै खुसि लाग्छ त्यो नै मेरो पेशा हो मेरो पेशा र उदेस्य भनेकै धेरै भन्दा धेरै पाहुनाहरुलाई स्वस्थ सफा हाइजनिक उक्क्त र मिठो खानाखुवाउनु हो।तेसैले मलाई जति धेरै काम भयो उति धेरै खुसि लाग्छ तर कहिले काही भने पाहुनालाई बनाएर दिएको खानाहरु पिलेट मा छाड्नु भयो खानु भयो कि भनेरभने तेतिखेर भने पिर चिन्ता तनाब सबै हुन्छ र मा तुरुन्त पाहुनाको टेबल पुगेर किन खानु भयो कि भएन बुझ्न पुग्छु। पाहुनाले खाना पिलेटमा छाड्नुको कारण त धेरै हुन्छ। जब सम्म मैले पाहुनालाई सोध्न पाउदिन तबसम्म मलाइ तनाब हुन्छ अझ डिनरको समयमा पर्यो र मैले सोध्न सकिन भने त मलाइ रात भर निन्द्रपनि लाग्दैन।

तपाईंको यसक्षेत्रमा शुरूवात गदैगदा समयको सम्झना केही छ ?

जति बेला को समयमा होटेल के हो गाउँको मान्छेलाई थाहा नै थिएन अहिले होटेलको बिषयमा सबैलाई थाहा भैसक्यो झनै कलेजहरुले यो बिषयालाई अनिवार्य नै कोषमा राखन थालेको छ। अझै रोचक कुरा के छ भने मैले होटेलमा काम गर्न थालेको १ बर्ष को हाराहारीमा दसैको लागि म गोर्खा घर गएको थिए। घरमा बुबा पनि हुनुहुन्थ्यो थियो । मेरो फुपुदिदी पर्ने हाम्रो घरमा आउनु भयो र बुबासंग कुरा गर्ने क्रममा मेरो कुरा चल्यो दिदीले सोध्नु भयो भाइको पढाई कहाँ पुग्यो ।यसै क्रममा बुबाले अहिले होटलमा कामगर्दै भन्नमात्र भ्याउनु भएको थियो दिदीले मेरो मुखैमा थुकनु भयो राम बहादुरको छोरा भएर होटेलमा भाडामा माझेर बुबाको इज्जत फालिस भन्नु भयो मैले केहि बोलिन र बुबाले पनि केहि भन्नु भएन। म उठेर हिडेमैले केहि सोचिन बस मलाई सेफ बन्नु छ यहि सोचे। १० वर्ष पछी फेरी दिदि सग भेट हुदा अनि भन्नु भयो बाबु तिमीले गरेको जस्तै काम मेरो छोराहरुलाई पनि सिकाउनु पर्यो तेस्तै काम लगाइदिनु भन्नू भयो । मलाई आज गभ लागिरहेको छ मैले राम्रो नै काम गरेछु ।

अन्तमा के भन्नु हुन्छ ?

जिबन संघर्स पूर्ण छ जिबनमा धेरै चुनोतिहरू आइरहन्छन् सधै सकारात्मक सोचको साथ जीवन लाई सहज रुपमा अगाडी बढदै गयो भने हरेक मान्छे अफनो लक्षयमा पुग्न सक्छ।जिबन भनेकै संघर्स हो, सघर्सा पछिको सफलता नै खुसि हुनु हो|

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु